काठमाडौँ। १४औँ केन्द्रीयस्तरीय राष्ट्रपति रनिङ शिल्डअन्तर्गत उसुको पहिलो दिन चार स्वर्णको टुंगो लागेको छ।
आयोजक राखेपको सेमी कभर्डहलमा बुधबार भएको पुरुष थाइचीमा छ्वानमा बागमतीका राजकुमार तामाङले स्वर्ण पदक जिते।
यसै विधामा सुदूरपश्चिमका शिरीष श्रेष्ठले रजत र कर्णालीका तिलकबहादुर बुढामगरले कांस्य पदक प्राप्त गरे। महिला थायची छ्वानमा बागमतीकै लक्ष्मी तामाङले स्वर्ण पदक जितिन्। सुदूरपश्चिमकी दीपिका साउदले रजत पदक जित्दा कोशीकी अन्जना सरदारले कांस्य पदकमा चित्त बुझाइन्।
पुरुषकै नान छ्वानमा कोशीका एसिलस मारिकले स्वर्ण, बागमतीका जेनिश नेपालीले रजत र सुदूरपश्चिमका योगेश चौधरीले कांस्य पदक जिते। यसै विधाको महिलामा बागमतीका ममता सुनुवारले स्वर्ण पदक जितिन्। कर्णालीकी सन्ध्या राना क्षेत्रीले रजत पदक र सुदूरपश्चिमकी ज्ञानु विकले कांस्य पदक प्राप्त गरे।