राष्ट्रिय महिला भलिबलमा न्यू डायमन्डसहित टोली

काठमाडौँ। सातौँ शेरबहादुर खड्का स्मृति राष्ट्रिय भलिबल प्रतियोगिता यही वैशाख १२ देखि १५ गतेसम्म आयोजना हुने भएको छ।
शेरबहादुर खड्का स्मृति प्रतिष्ठानको आयोजनामा हुने प्रतियोगितामा साविक विजेता न्यू डायमन्ड युथ स्पोर्ट्स क्लब, नेपाल पुलिस, एपीएफ, त्रिभुवन आर्मी र जावलाखेल भलिबल प्रशिक्षण केन्द्रको सहभागिता रहने प्रतिष्ठानका अध्यक्ष रञ्जन खड्काले जानकारी दिए।
उनले प्रतियोगितामा सहभागिताका लागि तीन विभागीय, विभिन्न प्रदेश तथा क्लबलाई आमन्त्रण गरे पनि अहिलेसम्म ६ टोलीको मात्रै टुंगो लागेको जानकारी दिए।
महिला भलिबल खेलाडीको सशक्तिकरण र क्षमता अभिवृद्धि गर्ने उद्देश्यले २०७० सालदेखि हरेक वर्ष आयोजना हुँदै आएको प्रतियोगिता नेपाल भलिबल संघको प्राविधिक सहयोगमा सञ्चालन हुनेछ। प्रतियोगितामा सहभागी टोलीलाई दुई समूहमा विभाजन गरी लिगकम नकआउटका आधारमा खेल सञ्चालन गरिने अध्यक्ष खड्काले जानकारी दिए।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा सञ्चालन हुने प्रतियोगिताका विजेताले ४ लाख ९९ हजार रुपैयाँ नगद पुरस्कार पाउने छ। यस्तै, उपविजेताले २ लाख ५० हजार र तेस्रो हुने टोलीले १ लाख २५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्ने छन्। प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले ५० हजार, विधागततर्फ उत्कृष्ट हुनेले जनही २५ हजार र हरेक खेलको प्लेयर अफ दी म्याचलाई १५ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिने अध्यक्ष खड्काले जानकारी दिए। यसअघिको विजेतालाई ३ लाख, उपविजेतालाइ १ लाख ५० हजार र तेस्रो हुने टोलीलाई ७५ हजार नगद पुरस्कार प्रदान गरिएको थियो।
यसैगरी सातौँ संस्करणको उद्घाटनका अवसरमा एक जना राष्ट्रिय खेलाडीलाई नगद ५० हजार रुपैयाँसहित स्पेसल अवार्डबाट सम्मान गरिने भएको छ।









-1762763443397.jpg&w=3840&q=75)
-1762758084543.jpg&w=3840&q=75)

-1762739898132.webp&w=3840&q=75)
-1762739191804.webp&w=3840&q=75)
-1762738260104.webp&w=3840&q=75)
