काठमाडौँ। पुरुषमा आइटीएफ तेक्वान्दोका रोशन मगर र महिलामा बक्सिङकी त्रिशा जवेगू पाँचौँ झापा स्पोर्टस् अवार्डको वर्ष उत्कृष्ट खेलाडी घोषित भएका छन्।
नेपाल खेलकुद पत्रकार मञ्च जिल्ला समन्वय शाखा झापाले आयोजना गरेको अवार्डमा २०७९ मा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा गरेको प्रदर्शनका आधारमा उनीहरूलाई वर्ष उत्कृष्ट खेलाडी घोषित गरिएको हो । उनीहरूले जनही एक लाख, ट्रफी र गिफ्ट ह्याम्पर हात पारे ।
त्यस्तै, लाइफ टाइम अचिभमेन्ट अवार्डबाट ओलम्पियन मेनुका राउतलाई सम्मान गरिएको छ। स्पेसल अचिभमेन्ट अवार्डबाट फिफा रेफ्री श्याम दनुवार, वर्ष उत्कृष्ट युवा खेलाडीमा पौडीका प्रारम्भ भण्डारी, पिपुल्स च्वाइस अवार्डबाट क्रिकेटकी रुविना क्षेत्री र वर्ष उत्कृष्ट प्रशिक्षकमा बक्सिङका डम्बर लिम्बू घोषित भए।