भलिबलमा गण्डकी दोहोरो उपाधिनजिक

चितवन। अन्तरप्रदेश खेलकुदअन्तर्गत भलिबलमा गण्डकी प्रदेशको महिला र पुरुष दुवै टोली फाइनलमा प्रवेश गरेको छ।
बिहीबार भएको महिलातर्फको सेमिफाइनल खेलमा गण्डकी प्रदेशले लुम्बिनी प्रदेशलाई ३–१ सेटले हराउँदै फाइनलमा स्थान बनाएको हो।
महिलाको पहिलो सेमिफाइनलमा गण्डकीले २६–२४, २५–२०, ११–२५ र २५–१४ को जित निकाल्यो। दोस्रो सेमिफाइनलमा बागमतीले कर्णाली प्रदेशलाई सोझो सेटमा हराउँदै फाइनलमा स्थान बनायो। बागमतीले २५–१०, २५–९ र २५–१७ को जित निकाल्यो।
पुरुषको पहिलो सेमिफाइनलमा कोशीले कर्णाली प्रदेशलाई ३–१ सेटमा हराउँदै फाइनलमा स्थान बनायो। कोशीले २१–२५, २५–१९, २५–१६ र २५–२० को जित निकाल्यो। दोस्रो सेमिफाइनलमा गण्डकी प्रदेशले सुदूरपश्चिमलाई ३–१ सेटले हराउँदै फाइनलमा स्थान बनायो। गण्डकीले २२–२५, २५–१७, २५–१९ र २५–२० को जित निकाल्यो।
प्रतियोगिताअन्तर्गत महिला र पुरुषतर्फको दुवै फाइनल खेल शुक्रबार हुनेछ। त्यसै दिन तेस्रो स्थानका लागि पनि खेल हुनेछ।









-1762763443397.jpg&w=3840&q=75)
-1762758084543.jpg&w=3840&q=75)

-1762739898132.webp&w=3840&q=75)
-1762739191804.webp&w=3840&q=75)
-1762738260104.webp&w=3840&q=75)
