थाइल्यान्डमा सागरको ३ राष्ट्रिय कीर्तिमान
बिहिबार, २९ चैत्र २०८०खेलपाटी संवाददाता

काठमाडौँ। थाइल्यान्डको फुकेटमा भएको आईडब्लुएफ वर्ल्ड कपमा नेपाली भारोत्तोलन खेलाडी सागर भण्डारीले ३ नयाँ राष्ट्रिय कीर्तिमान बनाएका छन्।
पुरुष १०९ केजीमाथि तौल समूहमा सागरले ३ राष्ट्रिय कीर्तिमान रचेको नेपाल भारोत्तोलन संघका अध्यक्ष राम श्रेष्ठले जनाएका छन्।
सागरले स्न्याचमा १३४ केजी, क्लिन एन्ड जर्कमा १७२ केजी र कुलमा ३०६ केजी भार वहन गर्दै आफ्नै नाममा रहेको तीनै राष्ट्रिय कीर्तिमानमा सुधार गरेका हुन्।
सागरको नाममा स्न्याच १३३ केजी, क्लिन एन्ड जर्कमा १७१ केजी र कुलमा ३०३ केजीको राष्ट्रिय कीर्तिमान थियो। स्न्याच र कुलमा सागरले १९ औँ एसियाली खेलकुदमा राष्ट्रिय कीर्तिमान बनाएका थिए।
क्लिन एन्ड जर्कको राष्ट्रिय कीर्तिमान सागरले उज्बेकिस्तानमा भएको एसियाली भारोत्तोलन च्याम्पियनसिपमा रचेका थिए।






%20(2)-1765947464452.png&w=3840&q=75)





-1766108754902.webp&w=3840&q=75)
-1766107820742.webp&w=3840&q=75)

-1766026440435.webp&w=3840&q=75)