चितवन। लुम्बिनी प्रदेश महिला र गण्डकी प्रदेश पुरुष भलिबल टोली प्रथम अन्तरप्रदेश खेलकुद प्रतियोगिताअन्तर्गत सेमिफाइनलमा प्रवेश गरेका छन्।
बिहीबार भएको महिला तर्फको पहिलो खेलमा सुदूरपश्चिम प्रदेशलाई सोझो सेटमा हराउँदै लुम्बिनी प्रदेश सेमिफाइनलमा प्रवेश गरेको हो। लुम्बिनीले २५–११, २५–१६ र २५–९ मा जित निकाल्दै सेमिफाइनलमा पुगेको हो।
महिलातर्फ नै भएको अर्को खेलमा मधेश प्रदेशलाई हराउँदै कर्णाली प्रदेश सेमिफाइनलमा पुगेको छ। कर्णालीले २५–२०, २५–१० र २५–१९ को जित निकालेको हो। महिलातर्फ नै कोशीलाई हराउँदै गण्डकी सेमिफाइनलमा पुगेको हो। गण्डकीले २५–१८, २५–२३ र २५–२२ मा जित हात पार्यो।
महिलातर्फको सेमिफाइनलमा लुम्बिनी प्रदेशले गण्डकी प्रदेशको सामना गर्दा बागमतीले कर्णाली प्रदेशको सामना गर्नेछ। पुरुषतर्फ कोशी, कर्णाली, गण्डकी र सुदूरपश्चिम प्रदेश सेमिफाइनलमा प्रवेश गरेका छन्।
पुरुषतर्फको पहिलो खेलमा लुम्बिनी प्रदेशले बागमती प्रदेशलाई सोझो सेटमा हराएको छ। लुम्बिनीले २५–९, २५–१३ र २५–१९ मा हराएको हो।
दोस्रो खेलमा कोशी प्रदेशले सुदूरपश्चिममाथि ३–२ सेटको जित निकालेको छ। कोशीले २५–२०, २०–२५, १७–२५, २५–१८ र १५–१३ मा जित निकालेको हो।
पुरुषतर्फको अन्तिम खेलमा कर्णाली प्रदेशमाथि गण्डकी प्रदेशले ३–२ सेटको जित निकालेको छ। गण्डकीले २१–२५, २५–११, २३–२५, २५–१६ र १५–१३ को जित निकाल्यो। भोलि हुने पुरुषतर्फको सेमिफाइनल खेलमा कोशी प्रदेशले कर्णालीको सामना गर्दा गण्डकी सुदूरपश्चिमसँग खेल्नेछ।