काठमाडौँ। प्रिन्स दाहालले बैंक अफ निङ्बो ब्याडमिन्टन एशिया च्याम्पियनसिपमा विजयी शुरूआत गरेका छन्।
चीनको निङ्बोमा जारी प्रतियोगिताको पुरुष एकलतर्फको समूह ‘ए’ को खेलमा प्रिन्सले मंगलबार बहराइनका अद्नान इब्राहिमलाई पराजित गरेका हुन्।
इब्राहिममाथि उनले २-१ को सेटमा विजयी हासिल गरे। प्रिन्सले पहिलो सेट १५-२१ ले गुमाएका थिए।
त्यसपछिका दुई सेटमा उनले उत्कृष्ट पुनरागमन गरे। दोस्रो सेट २१-१० ले जितेका उनले तेस्रो सेट २१-१५ ले आफ्नो पक्षमा पारे।
प्रिन्सले मंगलबार नै बंगलादेशका खान्दोकर अब्दुस सोडसँग खेल्ने छन्।