फेदी खोलामा भलिबल प्रतियोगिता हुने
शनिबार, २४ चैत्र २०८०खेलपाटी संवाददाता
पोखरा। स्याङ्जाको फेदी खोलामा भलिबल प्रतियोगिता हुने भएको छ।
रामनवमी तथा चैते दशैँ मेलाको अवसरमा भलिबल प्रतियोगिता आयोजना गर्न लागिएको हिमशिखर क्लबका अध्यक्ष दिलकाजी गुरुङले बताए।
गुरुङका अनुसार जिल्लास्तरीय र भेट्रान्स भलिबल प्रतियोगिता हुने छ। फेदी खोला रंगशालामा हुने प्रतियोगितामा प्रथम हुने टोलीले नगद १ लाख २१ हजार रुपैयाँ प्राप्त गर्नेछन्। यस्तै, दोस्रो हुने टोलीले ८१ हजार रुपैयाँ प्राप्त गर्नेछन्।
भेट्रान्सतर्फ प्रथम हुने टोलीलाई बोका र दोस्रो हुने टोलीलाई कुखुराको भाले राखिएको क्लबका अध्यक्ष गुरुङले जानकारी दिए।







-1766743021282.jpeg&w=3840&q=75)




_1727591754-1766731628489.jpg&w=3840&q=75)
