काठमाडौँ। आईडब्लुएफ वर्ल्ड कपमा सहभागी हुन १ खेलाडीसहित ३ सदस्यीय नेपाली भारोत्तोलन टोली आइतबार थाइल्यान्डको फुकेट प्रस्थान गर्ने भएको छ ।
पुरुष १०९ केजीमाथि सागर भण्डारीले प्रतियोगिताको अन्तिम दिन अप्रिल ११ तारिखमा प्रतिस्पर्धा गर्ने नेपाल भारोत्तोलन संघका अध्यक्ष राम श्रेष्ठले जनाएका छन् । प्रतियोगिता मार्च ३१ तारिखदेखि शुरू भइसकेको छ ।
प्रशिक्षकमा जीवन गौतम तथा व्यवस्थापकमा रामसुन्दर श्रेष्ठ रहेका छन् । टोलीलाई नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठलगायतले एक कार्यक्रमबीच बुधबार बिदाइ गरे ।