सोमबार, ११ फाल्गुण २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. अन्य
Loading ad...
Bhat Bhateni Supermarket Ad

खेलकुद मन्त्रालयले सार्वजनिक गर्‍यो आफूले गरेको काम

आइतबार, १८ चैत्र २०८०खेलपाटी संवाददाता
खेलकुद मन्त्रालयले सार्वजनिक गर्‍यो आफूले गरेको काम
Loading ad...
mustang rice ad

काठमाडौँ। युवा तथा खेलकुद मन्त्रालयले आफू मातहत भएका कामहरू सार्वजनिक गरेको छ। आइतबार मन्त्रालयका उपसचिव तथा सूचना अधिकारी लेखनाथ न्यौपानेले मन्त्रालयबाट ५ दिनमा भएका १० कामहरू सार्वजनिक गरेका छन्।

मन्त्रालयका अनुसार मूलपानी क्रिकेट रंगशाला, दशरथ रंगशाला र कीर्तिपुर क्रिकेट रंगशालाको अनुगमन गर्न अनुगमन टोली गठन गरी कार्यदिशा दिइएको छ। यस्तै, बहराइनमा भएको फिफा विश्वकप छनोटअन्तर्गत दोस्रो चरणमा सहभागी हुन राष्ट्रिय खेलकुद परिषद् (राखेप)बाट स्वीकृति नलिएको सम्बन्धमा कानुनबमोजिम आवश्यक कारबाही गरी मन्त्रालयलाई जानकारी गराउन पत्राचार गरिएको पनि बताइएको छ।

तर, कारबाहीसम्बन्धी जानकारी मन्त्रालयलाई प्राप्त नभएकोले सो सम्बन्धमा जानकारी गराउन ताकेता गरिएको बताइएको छ।

यी हुन् मन्त्रालयबाट भएका कार्यहरू

१. मूलपानी क्रिकेट रंगशाला, दशरथ रंगशाला र कीर्तिपुर क्रिकेट रंगशालाको अनुगमन गर्न अनुगमन टोली गठन गरी कार्यदिशा दिइएको ।

२. बहराइनमा हुने फिफा विश्वकप छनोटअन्तर्गत दोस्रो चरण कार्यक्रममा सहभागी हुन राष्ट्रिय खेलकुद परिषद्बाट स्वीकृति नलिएको सम्बन्धमा कानुनबमोजिम आवश्यक कारबाही गरी मन्त्रालयलाई जानकारी गराउन मिति २०८०/११/३० मा राष्ट्रिय खेलकुद परिषद्मा पत्राचार गरिएकोमा कारबाहीसम्बन्धी जानकारी मन्त्रालयलाई प्राप्त नभएकोले सो सम्बन्धमा जानकारी गराउन ताकेता गरिएको । 

३. विभिन्न खेल संघ संस्थाहरूको विवरण अद्यावधिक गर्न पदाधिकारीहरूको नाम, आम्दानी खर्चसमेतको विवरण उपलब्ध गराइदिन राष्ट्रिय खेलकुद परिषद्मा पत्राचार गरिएको।

४. विद्यालय स्तरको पाठ्यक्रममा खेलकुद विषय समावेश गर्न शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयमा अनुरोध गरी पठाइएको।

५. मन्त्रालय र अन्तर्गतका निकायहरूको नाममा कायम भएको बेरुजु वर्गीकरण गरी असुल उपर गर्नु पर्ने बेरुजुको कार्य योजना बनाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पठाइएको।

६. १९औँ एशियाली खेलकुदमा पदक विजेता खेलाडी, चौथो एशियन पारा खेलकुदमा पदक विजेता खेलाडी र विश्वकप टी–२० क्रिकेट प्रतियोगिताका लागि छनोट भएका खेलाडीलाई पुरस्कार प्रदान गर्न आवश्यक पर्ने बजेट २ करोड ९७ लाख १० हजार माग गरी अर्थ मन्त्रालयमा पुनः अनुरोध गरिएको ।

७. राष्ट्रिय खेलकुद नीति, २०८० को मस्यौदा स्वीकृत गरी छलफलमा लैजाने निर्णय भएको।

८. राष्ट्रिय युवा नीति, २०८० को मस्यौदामा सुझाव संकलन गर्न कर्णाली प्रदेशको सुर्खेतमा छलफल एवं अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको ।

९. नेपाल स्काउटको भवन र जग्गा सहितको संरचना भाडामा लगाएको विषयमा विस्तृत विवरण नेपाल स्काउटसँग माग गरी प्राप्त हुन आएको विवरणको अध्ययन भइरहेको।

१०. माननीय मन्त्रीज्यूबाट इला स्थित ठूलो टुँडिखेल खेल मैदान र इलाम कवर्ड हल निरीक्षण भएको।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

सान्टा जेभियरलाई हिमालयन डुओ चेसको उपाधि

सान्टा जेभियरलाई हिमालयन डुओ चेसको उपाधि

हिमालयन डुओ चेस शनिबार

हिमालयन डुओ चेस शनिबार

राष्ट्रिय हक्कीमा सदुरपश्चिम र मधेशको जित

राष्ट्रिय हक्कीमा सदुरपश्चिम र मधेशको जित

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
 ‘साम्बा’लाई उपचार गर्न एक्सट्रिमले ५ लाख रुपैयाँ दिने

‘साम्बा’लाई उपचार गर्न एक्सट्रिमले ५ लाख रुपैयाँ दिने

साम्बा भन्छिन्– एन्फाले ५ लाख दिन्छु, अन्य रकम आफैं मिलाउनु भन्यो

साम्बा भन्छिन्– एन्फाले ५ लाख दिन्छु, अन्य रकम आफैं मिलाउनु भन्यो

पुलिसमाथि जावलाखेलको सहज जित

पुलिसमाथि जावलाखेलको सहज जित

पहिलो इनिङ्समा १८५ रनमै समेटियो एपीएफ

पहिलो इनिङ्समा १८५ रनमै समेटियो एपीएफ

खाली महसुस गरिरहेका जम्पा

खाली महसुस गरिरहेका जम्पा

रियललाई उछिन्दै बार्सिलोना शीर्षस्थानमा

रियललाई उछिन्दै बार्सिलोना शीर्षस्थानमा

 दक्षिण अफ्रिकासँगै हार्‍यो भारत

दक्षिण अफ्रिकासँगै हार्‍यो भारत

एलिस्टरले आफ्नै वरिपरि घुमाएको खेल

एलिस्टरले आफ्नै वरिपरि घुमाएको खेल