धनगढीमा प्रदेश क्याम्पसस्तरीय भलिबल हुने

धनगढी। प्रथम लाल सलाम कप प्रदेश क्याम्पसस्तरीय पुरुष भलिबल प्रतियोगिता बैशाख दोस्रो सातादेखि हुने भएको छ।
सुदूरपश्चिमको राजधानी धनगढीको कभर्डहलमा हुने प्रतियोगिता बैशाख १५ देखि २२ गतेसम्म प्रतियोगिता हुने आयोजक अनेरास्ववियू (क्रान्तिकारी)कैलाली जिल्ला समितिले जनाएको छ। उक्त प्रतियोगितामा विभिन्न जिल्लाका क्याम्पसहरूको सहभागिता रहने छ।
प्रतियोगिताको विजेताले १ लाख २५ हजार रुपैयाँ पुरस्कार पाउनेछ। यस्तै, द्धितिय पुरस्कार ८१ हजार र तृतीय पुरस्कार ५१ हजार रहेका छ। विभिन्न ६ विधामा उत्कृष्ट हुने खेलाडीलाई पुरस्कारको व्यवस्था रहेको छ।
प्रतियोगितामा सुदूरपश्चिमका सबै जिल्लाबाट ३० टिमको सहभागिता रहने आयोजकको भनाइ छ। प्रतियोगिताका लागि टिकापुर भलिबल ट्रेनिङ सेन्टरले सहकार्य गरेको आयोजक अनेरास्ववियू (क्रान्तिकारी) कैलाली जिल्ला समितिका अध्यक्ष शिवराज सञ्ज्यालले बताए।
उनले हरेक टिमले ९ जना खेलाडीसहित एक जना प्रशिक्षक र एक जना व्यवस्थापक हुनुपर्ने बताए। भलिबल संघको नियमअनुसार खेल खेलाइने उनले बताए। १५ लाख ५५ हजारको लगानीमा प्रतियोगिता गर्न लागिएको हो।