ललितपुर। वीर गणेशमान सिंहको स्मृतिमा नवौँ राष्ट्रिय खुला गणेशमान सिंह स्मृति बुद्धिचाल प्रतियोगिता वैशाख १४ देखि १९ सम्म हुने भएको छ।
नेपाल लोकतान्त्रिक खेलकुद संघ र ललितपुर स्पोर्ट्स क्लबको संयुक्त आयोजनामा हुने बुद्धिचाल प्रतियोगिताका विजेताले एमएडब्लू इन्टरप्राइजेज प्रालिको उत्पादन सलुटो यामाहा मोटरसाइकल प्राप्त गर्नेछन्। उपविजेताले ८० हजार, तेस्रो हुनेले ५० हजार र चौथो हुनेले ३० रुपैयाँप्राप्त गर्नेछन्।
प्रतियोगिता लिग कम नकआउटका आधारमा खेलाइने प्रतियोगिताका संयोजक राजु ताम्राकारले जानकारी दिए। सात चरणको लिग खेलपश्चात् शीर्ष चार खेलाडी सुपर नकआउटमा प्रवेश गर्नेछन्। बाँकी खेलाडीहरू लिगको पुरस्कारका लागि प्रतिस्पर्धा गर्नेछन् ।
सुपर लिगमा पहिलो हुनेले नगद २५ हजार, दोस्रोले १५ हजार, तेस्रोले १० हजार, चौथोले ८ हजार, पाँचौँले ७ हजार, छैटौँदेखि दशौँ हुने ६/६ हजार, एघारौँदेखि पन्ध्रौँ हुनेले जनही ५ हजार ५ सय र सोह्रदेखि बिसौँ स्थानमा रहनेले जनही ५/५ हजार प्राप्त गर्नेछन्।
त्यसैगरी , महिला प्रथम हुनेले १० हजार, द्वितीयले ८ हजार, तृतीयले ७ हजार, चौथोले ६ हजार र पाँचौँले ५ हजार नगद प्राप्त गर्नेछन्।
साथसाथै उत्कृष्ट भेट्रान,उत्कृष्ट रेटड विलो १८००, २००० , उत्कृष्ट यू-१९ , उत्कृष्ट लोकलले समान ५/५ हजार पाउने छन्। उत्कृष्ट अनरेटेड पहलोले ७ हजार र दोस्रोले ५ हजार नगद प्राप्त गर्नेछन्।
नेपाली कांग्रेस केन्द्रीय पार्टी कार्यालय, सानेपामा सञ्चालन हुने प्रतियोगितामा एफएम, एएफएम, एआईएम, सीएम, एसीएम ,डब्लू एफएम, वर्तमान नेपाल च्याम्पियन , पूर्व नेपाल च्याम्पियनहरू, महिला नेपाल च्याम्पियनलगायत नेपाली शीर्ष रेटेड खेलाडी र नयाँगरी २०० जनाको सहभागिता रहने ताम्राकारले जानकारी गराए।