‘खेल संघको कार्ययोजना महत्त्वपूर्ण’

काठमाडौँ। राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङले कुनैपनि राष्ट्रिय खेल संघको कार्यसमितिले तर्जुमा गर्ने कार्ययोजना अझ महत्त्वपूर्ण हुने बताएका छन्।
सोल्टीमोडमा भएको ई स्पोर्ट्स संघ नेपालको पहिला साधारणसभाको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै सदस्यसचिव घिसिङले सो कुरा बताएका हुन्।
‘कुनैपनि राष्ट्रिय खेल संघको साधारणसभाले केन्द्रीय कार्यसमिति चयन गर्नु राम्रो हो। यो स्वभाविक प्रकृया हो। अझ महत्त्वपूर्ण कुरा के हो भने, कार्यसमितिले कस्तो कार्ययोजना तयार गरे अघि बढ्छ भन्ने हो। ई स्पोर्ट्स संघले पनि सबैले अनुभूति गर्ने गरी कार्य योजना तयार गरेर अगाडि बढ्ने छ भन्नेमा मलाई विश्वास छ,’ उनले भने।
सदस्यसचिव घिसिङले ई स्पोर्ट्सले विगतमा अन्तर्राष्ट्रिय प्रतियोगितामा हासिल गरेको उपलब्धीलाई ध्यानमा राखि ई स्पोर्ट्स संघ राखेपमा दर्ता गरेको बताए।
‘विगतमा नेपाली ई स्पोर्ट्सले अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा राम्रो नतिजा हासिल गरेको छ। मेरो कार्यकालमा २० देखि २५ वटा संघ दर्ताका लागि आएको थियो। मैले कुनैपनि संघ दर्ता गर्न मानिन,’ सदस्यसचिव घिसिङले भने, ‘तर, संसार जुन परिवेशमा अगाडि बढिरहेको छ, त्यसको आवश्यकतालाई महसुस गरी ई स्पोर्ट्स राखेपमा दर्ता गरेको हुँ।’
करिब दुई वर्षे आफ्नो कार्यकालमा दर्ता भएको ई स्पोर्ट्स पहिलो संघ रहेको उनले बताए। नेपाली खेलकुदमा नयाँ युगको स्थापना भएको छ भन्ने सन्देश दिने गरी नयाँ कार्यसमितिले काम गर्नेमा आफू विश्ववस्त रहेको उनले बताए।






%20(2)-1765947464452.png&w=3840&q=75)







-1766108754902.webp&w=3840&q=75)