ई स्पोर्ट्समा धमला निर्विरोध
शुक्रबार, ०९ चैत्र २०८०खेलपाटी संवाददाता

काठमाडौँ। ई स्पोर्ट्स संघ नेपाल (ईसान) को पहिलो साधारणसभाले राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य अञ्जन धमलाको अध्यक्षतामा १६ सदस्यीय केन्द्रीय कार्यसमिति शुक्रबार निर्विरोध चयन गरेको छ।
हिमविक्रम केसीले वरिष्ठ उपाध्यक्ष, कल्दीप राई र पुरन खड्काले उपाध्यक्ष, पवन कार्कीले महासचिव तथा आशिष दाहाल र बालकुमार केसीले सचिवको जिम्मेवारी पाए।
घनश्याम ढुंगेल, सञ्जीव भट्टराई, सिजन भट्टराई, पुकार केसी, डा. घनश्याम पाण्डे, प्रज्ज्वल कडरिया, विपुल भट्टराई, मौसमी लामा र विजय खड्का सदस्यमा चयन भए।
राखेपका उपाध्यक्ष शिव कोइरालाले नवनिर्वाचित पदाधिकारीलाई बधाइ दिदै सफल कार्यकालका लागि शुभकामना दिए। त्यसअघि साधारण सभाको राखेपका सदस्य–सचिव टंकलाल घिसिङले उद्घाटन गरेका थिए। समान १–१ उपाध्यक्ष र सचिव तथा ३ सदस्यको मनोनयनपछि कार्यसमितिले पूर्णता पाउने छ।






%20(2)-1765947464452.png&w=3840&q=75)







-1766108754902.webp&w=3840&q=75)