न्यू डायमन्ड पराजित, एपीएफ भयो तेस्रो
शुक्रबार, चैत ९, २०८०खेलपाटी संवाददाता

काठमाडौँ। आठौँ आरबिबी एनभीए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपमा विभागीय टोली नेपाल एपीएफ क्लबले तेस्रो स्थान हासिल गरेको छ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्ड हलमा शुक्रबार सम्पन्न खेलमा न्यू डायमन्ड स्पोर्ट्स क्लबलाई ३-१ को सेटमा पराजित गर्दै एपीएफ तेस्रो भएको हो।
एपीएफले पहिलो सेट २५-२२ ले जितेको थियो। तर, दोस्रो सेटमा न्यू डायमन्डले पुनरागमन गर्दै २३-२५ ले खेल जित्यो। त्यसपछिका दुई सेटमा भने एपीएफ हाबी भयो र २५-१४ र २५-२१ ले जित्यो।
तेस्रो भएको एपीएफले १ लाख २५ हजार रुपैयाँ प्राप्त गरेको छ।









-1762758084543.jpg&w=3840&q=75)

-1762739898132.webp&w=3840&q=75)
-1762739191804.webp&w=3840&q=75)
-1762738260104.webp&w=3840&q=75)

