आर्मी अन्तिम चारमा
बिहिबार, चैत ८, २०८०खेलपाटी संवाददाता

काठमाडौँ। विभागीय टोली त्रिभुवन आर्मी क्लब आठौँ आरबीबी एनभीए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपको पुरुषतर्फ सेमिफाइनलमा प्रवेश गरेको छ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा बिहीबार सम्पन्न चौथो तथा अन्तिम क्वार्टरफाइनलमा सुदूरपश्चिम प्रदेशलाई ३-१ को सेटमा पराजित गर्दै आर्मीले अन्तिम चारमा स्थान बनाएको हो।
पहिलो सेट २५-१९ ले जितेको आर्मीले दोस्रो सेट भने २२-२५ ले गुमाएको थियो। तर, त्यसपछि पुनरागमन गर्दै आर्मीले २५-२३, २५-१७ को सेटमा खेल जित्यो।
फाइल प्रवेशका लागि आर्मीले अर्को विभागीय टोली नेपाल पुलिस क्लबले सामना गर्ने छ।










-1762739898132.webp&w=3840&q=75)
-1762739191804.webp&w=3840&q=75)
-1762738260104.webp&w=3840&q=75)


