हेल्प नेपाल सेमिफाइनलमा
२०२४ मार्च २०, बुधबारखेलपाटी संवाददाता

काठमाडौँ। हेल्प नेपाल स्पोर्टस क्लब आठौँ आरबीबी एनभीए भलिबल च्याम्पियनसिपको पुरुषतर्फ सेमिफाइनलमा प्रवेश गरेको छ।
त्रिपुरेश्वस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा बुधबार सम्पन्न खेलमा बूढानीलकण्ठ भलिबल क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै साविक विजेता हेल्प नेपाल अन्तिम चारमा पुगेको हो।
पहिलो सेट २५-१८ ले जितेको हेल्प नेपालले त्यसपछि २५-१७, २५-२३ ले जित हासिल गरेको थियो।