काठमाडौँ । विभागीय टोली त्रिभुवन आर्मी क्लबले आठौँ आरबीबी एनभीए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपमा महिलातर्फ पहिलो जित हासिल गरेको छ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्ड हलमा मंगलबार सम्पन्न खेलमा आर्मीले कर्णाली प्रदेशलाई ३-० को सेटले पराजित गरेको हो। पहिलो सेट २५-१६ ले जितेको आर्मी त्यसपछि २५-२३, २५-७ ले विजयी भयो।
समूह ‘ए’ मा रहेको आर्मीको जारी प्रतियोगितामा यो पहिलो जित हो। आर्मी पहिलो खेलमा एभरेस्ट भलिबल क्लबसँग २६-२४,१७-२५, १९-२५, २२-२५ ले पराजित भएको थियो।
आर्मीले २ खेलबाट ३ अंक जोडेको छ। कर्णाली भने जितविहीन रहँदै प्रतियोगिताबाट बाहिरिएको छ। कर्णालीले पुलिससँग १२-२५, ६-२५, ८-२५ र एभरेस्टसँग १२-२५, ७-२५, ११-२५ ले पराजित भएको थियो।