काठमाडौँ । गण्डकी प्रदेशले आठौँ आरबीबी एनभीए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपमा मणिमुकुन्द भलिबल क्लबलाई पराजित गरेको छ। पहिलो खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबसँग ३-० को सेटमा पराजित भएको गण्डकीले दोस्रो खेलमा जित हासिल गरेको हो।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्ड हलमा सोमबार सम्पन्न खेलमा गण्डकीले मणिमुकुन्दलाई ३-१ को सेटमा पराजित गर्यो। शुरूआती दुई सेट गण्डकीले २५-१८,२५-१४ ले आफ्नो पक्षमा पारेको थियो। तर, प्रतिस्पर्धात्मक तेस्रो सेट २७-१९ ले गुमायो।
चौथो सेट २५-१९ ले जित्दै गण्डकीले ३ अंक जोड्यो। जितसँगै समूह ‘डी’ मा रहेको गण्डकीले २ खेलबाट ३ अंक जोडेको छ। पराजित मणिमुकुन्दको पनि समान खेलबाट समान अंक छ।