काठमाडौँ- विभागीय टोली नेपाल पुलिस क्लब आठौँ आरबीबी एनभीए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपमा समूह विजेता बन्दै क्वार्टरफाइनलमा पुगेको छ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्ड हलमा सोमबार सम्पन्न खेलमा बूढानीलकण्ठ भलिबल क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिसले अन्तिम ८ मा स्थान पक्का गरेको हो।
समूह ‘सी’ मा रहेको पुलिसले पहिलो खेलमा कर्णालीलाई ३-० को सोझो सेटमा पराजित पराजित गरेको थियो।
सोमबार पनि सोही लय दोहोर्याएको पुलिसले पहिलो सेटमा बूढानीलकण्ठलाई २५-१९ ले पराजित गर्यो। त्यसपछिका दुई सेट पनि पुलिसले २५-१४, २५-२२ ले आफ्नो पक्षमा पार्यो।
लगातर दोस्रो जितसँगै पुलिसले २ खेलमा ६ अंक बनायो। समान खेलबाट ३ अंक जोडेको बूढानीलकण्ठ समूह उपविजेता बन्दै क्वार्टरफाइनल स्थान बनाउन सफल रह्यो।
कर्णाली प्रदेश भने यस समूहमा जितविहीन रह्यो।