निजगढ । युथ अफ निजगढले निजगढका फुटबलरहरुलाई सम्मान गरेको छ ।
युथ अफ निजगढले वार्षिक रूपमा आयोजना गर्ने प्री होली कन्सर्टको १० औं संस्करणको अवसरमा आयोजित कार्यक्रममा निजगढबाट प्रतिनिधित्व गर्ने राष्ट्रिय टिमका सिनियर तथा जुनियर पुरुष र महिला फुटबल खेलाडीहरुलाई सम्मान गरेको हो ।
नेपाली राष्ट्रिय फुटबल टिमका सदस्य समीर तामाङ लगायत विभिन्न उमेर समुहको राष्ट्रिय फुटबल टोलीबाट खेल्ने जन्मेजय धामी, हिमेश माझी, करुणा बुढाथोकी र दिलमाया घिसिङलाई सम्मान गरेको हो ।
कार्यक्रमका प्रमुख अतिथी प्रतिनिधिसभा सदस्य अच्युत मैनालीले खेलाडीलाई सम्मान पत्र प्रदान गरेका थिए ।
छोटो समयमै निजगढ बाट फुटबल खेलाडीहरु उत्पादनमा वृद्धि भईरहेकोले फुटबलर सम्मानले अन्य खेलाडीहरुलाई समेत हौसला बढाउन सहयोग पुग्ने युथ अफ निजगढका सल्लाहकार भाईकाजी श्रेष्ठले बताए ।
निजगढ फुटबल क्लबले निरन्तर संचालन गरिरहेको ग्रासरुट फुटबल प्रशिक्षणको कारण निजगढमा फुटबल खेलाडीहरुको उल्लेख्य मात्रामा उत्पादन भईरहेका छन् ।