काठमाडौं । नेपाल आर्मी र एपीएफ क्लब कबड्डी सुपर लिगको पुरुषमा फाइनलमा प्रवेश गरेका छन् ।
नारी दिवसका अवसरमा अखिल नेपाल कबड्डी संघद्वारा आयोजित प्रतियोगिताको राउन्ड रोविन लिगमा आर्मी विजेता र एपीएफ उपविजेता बन्दै फाइनलमा पुगेका हुन् ।
आर्मीले ४ तथा एपीएफले २ अंक जोडे ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भइरहेको प्रतियोगिता अन्तर्गत महिलाको राउन्ड रोविन लिगमा नेपाल प्रहरी ४ अंकसाथ शीर्ष स्थानमा रहदै फाइनल यात्रा तय गर्यो ।
फाइनलमा प्रहरीको भेट एपीएफसंग हुनेछ । एपीएफ २ अंक जोडेर उपविजेता हुँदै फाइनलमा स्थान सुरक्षित गर्न सफल भयो ।