पाल्पा । पहिलो संस्करणको लुम्बिनी राष्ट्रिय महिला भलिबल प्रतियोगितामा आयोजक प्रदेश लुम्बिनी तेस्रो बनेको छ ।
बुधबार पाल्पाको रामपुरमा जारी प्रतियोगितामा कोशी प्रदेशलाई ३–० को सोझो सेटमा हराउँदै लुम्बिनी प्रदेश तेस्रो बनेको हो ।
सहज जित निकाल्ने क्रममा लुम्बिनीले कोशीलाई २५–१०, २५–१६ र २५–२२ को सेटमा पराजित गर्यो ।
लुम्बिनीकी मिना सुनार खेलको प्लेयर अफ द म्याच चुनिईन् ।
तेस्रो बनेको लुम्बिनीले ७५ हजार रुपैयाँ प्राप्त गरेको छ । चौथों कोशीले ३५ हजार रुपैयाँ हात पारेको छ ।
यस प्रतियोगिताको विजेताले २ लाख ५० हजार र दोस्रो हुनेले टिमले १ लाख ५० हजार रुपैयाँ हात पार्नेछन् ।
पाल्पा जिल्ला भलिबल संघको आयोजना भएको प्रतियोगितालाई लुम्बिनी प्रदेश खेलकुद विकास परिषद्ले मुख्य प्रबर्द्धको रुपमा सहयोग गरेको हो ।