पाल्पा । पहिलो संस्करणको लुम्बिनी कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधिका लागि बागमती र एपीएफ भिड्ने भएका छन् ।
मंगलबार दोस्रो सेमिफाइनलमा लुम्बिनी प्रदेशलाई सोझो सेटमा पराजित गर्दै बागमतीले एपीएफसँगको उपाधि भिडन्त पक्का गरेको हो ।
बागमतीले लुम्बिनी प्रदेशलाई २५–१५, २५–८ र २५–१८ को सेटमा पराजित गर्यो ।
बागमतीको जितमा सुमित्रा रेग्मी म्यान अफ दी म्याच घोषित भईन् ।
पहिलो सेमिफाइनलमा कोशी प्रदेशलाई २५–६, २५–७ र २५–३ को सेटमा पराजित गर्दै एपीएफ फाइनल प्रवेश गरेको थियो ।
सरस्वती चौधरी खेलको प्लेयर अफ द म्याच चुनिएकी थिईन् ।
प्रतियोगिताको फाइनल खेल बुधबार हुनेछ ।
प्रतियोगिताको विजेताले २ लाख ५० हजार, दोस्रो हुनेले १ लाख ५० हजार, तेस्रो हुनेले ७५ हजार र चौथों हुनेले ३५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
पाल्पा जिल्ला भलिबल संघको आयोजना भएको प्रतियोगिता लिग कम नकआउटका आधारमा सञ्चालन भैरहेको छ ।
प्रतियोगितालाई लुम्बिनी प्रदेश खेलकुद विकास परिषद्ले मुख्य प्रबर्द्धको रुपमा सहयोग गरेको हो ।