पाल्पा । पहिलो संस्करणको लुम्बिनी राष्ट्रिय महिला भलिबल प्रतियोगितामा विभागीय टिम एपीएफ फाइनल प्रवेश गरेको छ ।
मंगलबार रामपुरमा भएको पहिलो सेमिफाइलन खेलमा कोशी प्रदेशलाई हराउँदै एपीएफ फाइनल प्रवेश गरेको हो ।
सहज जित निकाल्ने क्रममा एपीएफले कोशी प्रदेशलाई ३–० को सोझो सेटमा हरायो ।
पहिलो सेट २५–६ ले जितेको एपीएफले दोस्रो सेट २५–७ र तेस्रो सेट २५–३ को हात पारेको थियो ।
एपीएफकी सरस्वती चौधरी प्लेयर अफ म्याच चुनिईन् ।
प्रतियोगिताको विजेताले २ लाख ५० हजार, दोस्रो हुनेले १ लाख ५० हजार, तेस्रो हुनेले ७५ हजार र चौथों हुनेले ३५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
पाल्पा जिल्ला भलिबल संघको आयोजना भएको प्रतियोगिता लिग कम नकआउटका आधारमा सञ्चालन भैरहेको छ ।
प्रतियोगितालाई लुम्बिनी प्रदेश खेलकुद विकास परिषद्ले मुख्य प्रबर्द्धको रुपमा सहयोग गरेको हो ।