पाल्पा । विभागीय टिम एपीएफ सहित लुम्बिनी, बागमती र कोशी प्रदेश पहिलो संस्करणको लुम्बिनी राष्ट्रिय महिला भलिबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् ।
सोमबार लिग चरणको अन्तिम खेलमा जित निकाल्दै चार टिम प्रतियोगिताको अन्तिम ४ मा प्रवेश गरेका हुन् ।
पाल्पाको रामपुरमा जारी प्रतियोगितामा एपीएफले गण्डकी प्रदेशलाई २५–७, २५–१७ र २५–९ को सोझो सेटमा हरायो ।
दिनको पहिलो खेलमा मधेश प्रदेशले सुदूरपश्चिम प्रदेशलाई २१–२५, २५–२०, २९–३१, २५–२२ र ६–१५ को सेटमा हरायो ।
अर्को खेलमा लुम्बिनी प्रदेशले कर्णाली प्रदेशलाई १९–२५, २५–१७, २५–१० र २५–१७ को सेटमा पराजित गर्यो ।
कोशी प्रदेशले सुदूरपश्चिमलाई २५–२०, २५–१९ र २५–१४ को सेटमा हराउँदा बागमती प्रदेशले मधेश प्रदेशलाई २५–६, २५–८ र २५–१३ को सेटमा पराजित गर्यो ।
सोमबार लिग चरणको खेल सकिएसँगै सेमिफाइनलको समिकरण पुरा भएको छ ।
मंगलबार पहिलो सेमिफाइनलमा एपीएफले कोशी प्रदेश र बागमती प्रदेशले लुम्बिनी प्रदेशसँग खेल्नेछन् ।
प्रतियोगिताको विजेताले २ लाख ५० हजार, दोस्रो हुनेले १ लाख ५० हजार, तेस्रो हुनेले ७५ हजार र चौथों हुनेले ३५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
पाल्पा जिल्ला भलिबल संघको आयोजना भएको प्रतियोगिता लिग कम नकआउटका आधारमा सञ्चालन भैरहेको छ ।
प्रतियोगितालाई लुम्बिनी प्रदेश खेलकुद विकास परिषद्ले मुख्य प्रबर्द्धको रुपमा सहयोग गरेको हो ।