काठमाडौं । योङ कम्युनिष्ट लिग, बागमती प्रदेश कमिटीको आयोजनामा प्रथम शहीद स्मृति बागमती प्रदेशस्तरीय रनिङ सिल्ड पुरुष भलिबल प्रतियोगिता शनिबारदेखि सुरु भएको छ ।
काठमाडौंको त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् राखेपको कभर्डहलमा शनिबार सुरु प्रतियोगिताको पूर्व मन्त्री वर्षमान पुनले निर्णायकलाई बल हस्तान्तरण गरी उद्घाटन गरेका थिए ।
उद्घाटनका अवसरमा राखेपका उपाध्यक्ष शिव कोइराला, सदस्य–सचिव टंकलाल घिसिङलाई खेलकुदको विकास र विस्तारमा योगदान पुर्याएवापत कदर पत्रसहित सम्मान गरिएको थियो । प्रतियोगितामा १० टिमको सहभागिता रहेको छ ।
नकआउट प्रतियोगिता सोमबारसम्म चल्ने छ ।
पहिलो दिन सम्पन्न ४ खेल सम्पन्न भए ।
नुवाकोटले सिन्धुपाल्चोकलाई ३–१, ललितपुरले रसुवालाई ३–०, चितवनले धादिङलाई ३–० र रामेछापले मकवानपुरलाई ३–१ को सेटमा पराजित गर्दै क्वाटरफाइनलमा स्थान सुरक्षित गरेका छन्।