पहिलो हाफमा च्यासल र जावलाखेल बराबर
शनिबार, पुष २१, २०७५खेलपाटी संवाददाता

काठमाडौं । पल्सर सहिद स्मारक ए डिभिजन लिगमा च्यासल युथ क्लब र जावलाखेल युथ क्लबले पहिलो हाफको खेल सकिदाँ बराबरी खेलेका छन् ।
एपीएफको हलचोक मैदानमा पहिलो हाफसम्म दुवै टोलीले १–१ गोलको बराबरी खेलेका हुन् । खेलको १० औ मिनेटमा जावलाखेलका अरुज सिंहले गोल गर्दै टोलीलाई अग्रता दिलाए ।
३२ औ मिनेटमा च्यासल छिरिङ गुरुङको पेनाल्टी गोलमार्फत खेलमा फर्किएको थियो ।
च्यासल १५ अंक सहित तालिकाको आठौं स्थानमा छ । जावलाखेल १२ अंक सहित दशाैँ स्थानमा छ ।










-1762660030983.webp&w=3840&q=75)


-1762650963668.webp&w=3840&q=75)
-1762650613586.webp&w=3840&q=75)

