आइतबार, १३ पौष २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेल आज
Bhat Bhateni Supermarket Ad

खेलकुदमा कांग्रेसले गुमाएको अवसर

आइतबार, २३ मंसिर २०८१खेलपाटी संवाददाता
खेलकुदमा कांग्रेसले गुमाएको अवसर
Classic Tech Internet Ad

समाचार टिप्पणी । 

काठमाडौं । कांग्रेसका खेलकुद नेता सार्वजनीक मञ्चहरुमा प्राय टिप्पणी गर्थे, पाटी र नेताहरुले खेलकुदलाई हेपे । यसको महत्वनै बुझेन । खेलकुदमार्फत युवा र देशभर पार्न सकिने प्रभावका फेहरिस्त उदाहरण प्रस्तुत गर्थे । सत्ता राजनीतिमा खेलकुद मन्त्रालय सधै छायाँमै रहन्छ । ठुला पाटीका नजर मालदार मन्त्रालयमा रहदा, खेलकुदमा कांग्रेसले खासै आखाँ पनि लगाएन । जति मन्त्री पाए, ती पाटी राजनीतिमा खासै दम राख्ने पनि भएनन् ।  

डिगबहादुर लिम्बुपछि खेलकुद मन्त्रालय पुन कांग्रेसको पोल्टामा छ । तर कांग्रेसको खेलकुदमा प्रभाव पुरै शुन्यप्राय देखिन्छ । मन्त्री तेजुलाल चौधरीले खेलकुद मन्त्रालय हाँक्न सकेका छैनन् । एउटा उनीसँग खेलकुदको ज्ञान भएन, अर्को उनको खेलकुद बनाउने सोच पनि देखिदैन ।  

मन्त्रीको हैसियतमा चौधरीले न रिक्त उपाध्यक्ष नियुक्त गर्न सकेका छन्, न त राखेपको बोर्ड सदस्य भर्न सकेका छन् । मन्त्रीले गरेको भए, यति बेला खेलकुद कांग्रेसमय हुन्थ्यो । उपाध्यक्ष उनकै हुन्थे, कांग्रेसी बोर्ड सदस्यहरुको रजगज चल्थ्यो । राखेपको कार्यकारी बोर्ड सदस्यहरु उनै चौधरीले मनोनित गर्न पाउथे । तर मन्त्री असक्षम भएपछि कांग्रेसले खेलकुदको कार्यकारी निकायमा प्रभाव जमाउने अवसर गुमाएको छ । मन्त्रीकै असक्षमता कारण यस वर्ष कर्णाली प्रदेशमा हुने भनिएको दशौं राष्ट्रिय खेलकुद हुने÷नहुनेमा अन्यौल छ । उनको असक्षमताको भार कांग्रेसले मात्र हैन, पुरै देशले ब्यहोर्ने अवस्था आईलागेको छ । 

मन्त्रालय मात्र हैन, खेलकुदको अन्तराष्ट्रिय ढोकाको रुपमा रहने नेपाल ओलम्पिक कमिटिको नेतृत्व समेत कांग्रेसले गुमाउने अवस्था बनेको छ । कांग्रेसभित्रकै बेमेल र केहीको स्वार्थ केन्द्रित व्यवहारका कारण पुन जीवनराम श्रेष्ठ नेपाल ओलम्पिक कमिटिमा बलिया बनेका छन् । कांग्रेसभित्र बिग्रह देखिदा जीवनरामले विवादास्पद विधान संशोधनको निर्णय गराएका छन् भने महासचिवमा चतुरानन्द वैद्यलाई बचन दिएर कांग्रेसभित्र पूर्ण रुपमा खेल्न पुगेका छन् । कांग्रेसको वर्चस्व रहेको ओलम्पिक भित्र केही नेताको स्वार्थ केन्द्रित निर्णयका कारण कांग्रेस नेतृत्वमा हार्ने अवस्था सिर्जना बनेको छ । 

नेतृत्वमा दाबी गरिरहेका कांग्रेसका सुनिलकुमार श्रेष्ठलाई पाटीभित्रकै खेलकुद संघको नेतृत्मा रहेका नेताबाट सहयोग छैन । कांग्रेस पृष्ठभुमीका अधिकांश खेलकुद संघका नेता वर्तमान अध्यक्ष जीवनराम श्रेष्ठको पिछलग्गु बन्दा ओलम्पिकमा कांग्रेसको अवस्था बलियो बन्न नसकेको छैन । कांग्रेसको खेलकुद विभाग र भातृ संगठनको रुपमा रहेको नेपाल खेलकुद महासंघले नेपाल ओलम्पिक कमिटिको वर्तमान नेतृत्वविरुद्ध बिज्ञप्ति जारी गरेका छन्, तर आफ्नै पार्टीका खेलकुद संघका नेतृत्वलाई एक ठाउँमा ल्याउने ल्याकत देखिदैन । खेलकुद विभाग र खेलकुद महासंघका नेताहरुलाई कांग्रेस पाटीको नाममा खेलकुद संघहरुमा रहेका नेतृत्वले ‘असली हैसियत’ देखाईदिएका छन् । 
 

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डको नयाँ मिति घोषणा

एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डको नयाँ मिति घोषणा

अमेरिकासँग नेेपाल पराजित

अमेरिकासँग नेेपाल पराजित

पहिलो हाफ : नेपालको १–० को अग्रता

पहिलो हाफ : नेपालको १–० को अग्रता

Bajaj Pulsar Motorcycle Ad
एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डको नयाँ मिति घोषणा

एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डको नयाँ मिति घोषणा

चेतनको निर्णायक गोलसँगै एनआरटी त्रिवेणी कपको क्वार्टरफाइनलमा

चेतनको निर्णायक गोलसँगै एनआरटी त्रिवेणी कपको क्वार्टरफाइनलमा

बंगलादेशी लिग खेल्न हिँडे समीक्षा र पूजा

बंगलादेशी लिग खेल्न हिँडे समीक्षा र पूजा

सहज जित निकाल्दै लमजुङ क्वार्टरफाइनलमा

सहज जित निकाल्दै लमजुङ क्वार्टरफाइनलमा

सहज जित निकाल्दै पुलिस क्वार्टरफाइनलमा

सहज जित निकाल्दै पुलिस क्वार्टरफाइनलमा

लगातार जित निकाल्दै हेल्प नेपाल क्वार्टरफाइनलमा

लगातार जित निकाल्दै हेल्प नेपाल क्वार्टरफाइनलमा

पृथ्वी नारायण शाहको स्मृतिमा गोल्डकप हुने

पृथ्वी नारायण शाहको स्मृतिमा गोल्डकप हुने

सहज जित निकाल्दै एपीएफ सेमिफाइनलमा

सहज जित निकाल्दै एपीएफ सेमिफाइनलमा