काठमाडौं । वाफ वुमन्स च्याम्पियनसिपको फाइनल खेलमा नेपालले पहिलो हाफमा अग्रता लिएको छ ।
बिहीबार जोर्डनविरुद्ध फाइनल खेलमा उत्रिएको नेपालले पहिलो हाफमा १–० को अग्रता लिएको हो ।
नेपालका लागि सविता राना मगरले पहिलो हाफमा गोल गरेकी छिन् ।
उनले खेलको २९ औं मिनेटमा नेपाललाई अग्रता दिलाएकी हुन् ।
जोर्डनविरुद्ध फाइनलमा नेपालले उत्कृष्ट प्रर्दशन गरेको छ । बललाई नियन्त्रणमा राख्दै नेपालले जोर्डनमाथि निरन्तर दबाब बनाएको छ ।
मुख्य फरवार्ड सावित्रा भण्डारी बिना मैदान उत्रिएको नेपालको पहिलो हाफमा खेललाई पूर्ण रुपमा नियन्त्रणमा राख्न सफल भएको छ ।
मुख्य प्रशिक्षक राजेन्द्र तामाङले सावित्रा भण्डारीको स्थानमा रश्मी कुमारी घिसिङलाई मौका दिएका छन् ।
फिफा विन्डो बाहिर फाइनल खेल पुगेपछि सावित्राले उपाधि भिडन्त गुमाउन पुगेकी थिईन् ।