काठमाडौं । नेपाल अटोमोवाइल्स एसोसिएसनको आयोजनामा अन्तराष्ट्रिय तथा राष्ट्रिय प्रशिक्षकले ७४ जना प्रविधिकलाई र्यालीक्रस र अटोक्रस सम्बन्धि मार्सल तालिम दिएका छन् ।
एफआइए ग्य्रान्ट प्रोगाम तथा बागमती खेलकुद विकास परिषदको सहयोगमा शुक्रबार ७४ जना प्राविधिकलाई मार्सल तालिम प्रदान गरिएको हो ।
तालिमको उद्घाटन शत्रमा अन्र्तराष्ट्रिय अटोमोवाइल महासंघ (एफआइए)का एशिया प्यासिफिक स्पोर्ट्स कोअर्डिनेटर विजिता विजेमाने, राखेपका बोर्ड सदस्य अञ्जन धमाला, कर्णाली प्रदेश खेलकुद परिषदका सदस्य सचिव विश्वामित्र सञ्जेल, नेपाल अटोमोवाइल्स एसोसिएसनमा अध्यक्ष दशरथ रिसाल र सल्लाहकार ठाकुर प्रसाद न्यौपानेले शुभकामना दिएका थिए ।
नेपाल अटोमोवाइल्स एसोसिएसनका कार्यकारी निर्देशक गोविन्द भट्टराईले संघको निति योजना तथा कार्यक्रम, श्रीलङ्कन प्रशिक्षक विजिता विजेमानले ¥यालीक्रस र अटोक्रसको प्राविधिक पक्ष र इभेन्ट व्यपास्थापन तथा कम्युनिकेसनबारेमा प्रशिक्षण दिएका थिए ।
त्यस्तै एसोसिएसनका वरिष्ठ उपाध्यक्ष डा. बुलन्द थापाले रेसिङमा मेडिकल सेफ्टी र रेस्पोन्स, उपाध्यक्ष अनिल कुमार बरालले मार्सल झण्डा र सिगनल तथा मार्सल तथा ट्रेनिङ कमिसनका प्रमुख यदुराज लामिछानेले रेसिङमा मार्सलको रोल तथा दायित्वको बारेमा प्रस्तुती दिएका थिए ।
नेपालभरका मोटर स्पोर्ट्ससँग सम्बन्धित अफिसियल, इन्जिनियर, प्रविधिक तथा ड्राइभर समेतको सक्रिय सहयागिता रहेको तालिमको संयोजन संघका सचिव सन्तोस प्रसाद न्यौपानेले गरेका थिए ।
अन्तराष्ट्रिययस्तरको मार्सल तयार गर्ने उद्देश्यले सञ्चालन गरिएको तालिमबाट नेपालमा संचालन गरिने मोटरस्पोर्ट्सका आवश्यक प्राविधिक जनशक्ति तयार हुने नासा नेपालले जनाएको छ ।
त्यस्तै प्रशिक्षक तथा अफिसियलको निगरानीमा ललितपुरको मलपोखरीमा बनाइएको अस्थायी ट्रयाकमा रेसिङ सहितको मार्सलिङ अभ्यास सत्र पनि सम्पन्न भएको छ ।
तालिममा संघका विभिन्न प्रदेश संघका अध्यक्ष तथा पदाधिकारी समेतको उपस्थिती रहेको थियो ।