शनिबार, ०२ श्रावण २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
कार्यकारी निर्देशकऋषभ खरेल
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददातानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203contact.khelpati@gmail.com

सम्पर्क ठेगाना

contact.khelpati@gmail.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

तेस्रो स्थानका लागि फ्रान्स-इङ्ल्यान्ड भिड्दै

शनिबार, ०२ श्रावण २०८३खेलपाटी संवाददाता
तेस्रो स्थानका लागि फ्रान्स-इङ्ल्यान्ड भिड्दै
Loading ad...
mustang rice ad

काठमाडौं । फिफा विश्वकपमा अब दुई खेल मात्र बाँकी छन्। आइतबार हुने उपाधि भिडन्तअघि फ्रान्स र इङ्ल्यान्ड तेस्रो स्थानका लागि आमने सामने हुँदैछन्।

विश्व फुटबलको ध्यान भने अर्जेन्टिना र स्पेनबीच हुने फाइनलतर्फ पनि केन्द्रित भएको छ, जहाँ लियोनल मेस्सी र लामिन यामालबीच पुस्तान्तरणको रोचक भिडन्त देखिनेछ।

विश्वकप इतिहासमा फ्रान्स र इङ्ल्यान्ड तीन पटक आमनेसामने भएका छन्। सन् १९६६ को समूह चरणमा इङ्ल्यान्डले फ्रान्सलाई २-० ले पराजित गरेको थियो भने सन् १९८२ को पहिलो समूह चरणमा ३-१ को जित निकालेको थियो। यी दुई टोलीबीचको पछिल्लो भेट सन् २०२२ को कतार विश्वकपको क्वार्टरफाइनलमा भएको थियो, जहाँ फ्रान्स २-१ ले विजयी भएको थियो।

ओप्टाको सुपरकम्प्युटरले तेस्रो स्थानको खेलमा फ्रान्सलाई जितको प्रमुख दाबेदार मानेको छ। खेलअघि गरिएको २५ हजार सिमुलेसनमध्ये फ्रान्सले निर्धारित ९० मिनेटभित्र जित्ने सम्भावना ५० दशमलव ७ प्रतिशत देखाइएको छ। इङ्ल्यान्डको जितको सम्भावना २५ दशमलव ६ प्रतिशत रहेको छ भने २३ दशमलव ७ प्रतिशत सिमुलेसनमा खेल निर्धारित समयसम्म बराबरीमा सकिएको छ।

स्पेन र अर्जेन्टिनाबीचको फाइनल आइतबार, जुलाई १९ मा इस्ट रदरफोर्डस्थित न्यूयोर्क-न्युजर्सी स्टेडियममा हुनेछ। खेल नेपाली समयअनुसार सोमबार बिहान पौने १ बजे बजे सुरु हुनेछ।

स्पेन दोस्रोपटक विश्वकपको उपाधि जित्ने लक्ष्यमा छ भने साविक विजेता अर्जेन्टिना चौथो विश्वकप उपाधिको खोजीमा हुनेछ। यी दुई टोलीबीचको पछिल्लो भेट सन् २०१८ मा मड्रिडमा भएको मैत्रीपूर्ण खेलमा भएको थियो, जहाँ स्पेनले अर्जेन्टिनालाई ६–१ ले पराजित गरेको थियो।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फाइनल खेल अवलोकन गर्ने र विजेता टोलीलाई विश्वकप ट्रफी प्रदान गर्ने अपेक्षा गरिएको छ।

यसपटक विश्वकप विजेता टोलीले ट्रफी र स्वर्ण पदकसँगै नयाँ पुरस्कार पनि प्राप्त गर्नेछ। फिफाले पहिलोपटक उत्तर अमेरिकी खेलकुद परम्पराबाट प्रेरित ‘च्याम्पियनसिप रिङ’ प्रदान गर्न लागेको हो। विजेता टोलीका लागि ३० वटा विशेष औँठी निर्माण गरिनेछ भने समर्थकका लागि थप १ हजार ९ सय ९६ वटा कलेक्टर्स एडिसन बिक्री गरिनेछ।

विजेता टोलीको पहिचानअनुसार औँठीलाई विशेष रूपमा डिजाइन गरिनेछ। औँठीको एक भागमा विश्वकप ट्रफी र अर्को भागमा विजेता टोलीसँग सम्बन्धित विवरण राखिनेछ। खेलाडीको औँलाको आकारअनुसार तयार गरेर ती औँठी पछि विशेष समारोहमा प्रदान गरिनेछ।

Loading ad...
LiNing Ad
#francevsengland#khelpatinews#worldcupfinalworldcup

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

विपक्षीलाई थप्पड हानेपछि विवादमा तानिए बेलिङ्घम

विपक्षीलाई थप्पड हानेपछि विवादमा तानिए बेलिङ्घम

इंग्ल्यान्डविरुद्धको जित म्याराडोनाप्रति समर्पित

इंग्ल्यान्डविरुद्धको जित म्याराडोनाप्रति समर्पित

उपाधिका लागि स्पेन र अर्जेन्टिना भिड्ने

उपाधिका लागि स्पेन र अर्जेन्टिना भिड्ने

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
तेस्रो स्थानका लागि फ्रान्स-इङ्ल्यान्ड भिड्दै

तेस्रो स्थानका लागि फ्रान्स-इङ्ल्यान्ड भिड्दै

संयोग र योङ्गीको एसियाड तयारीमा कोरियामा हुने

संयोग र योङ्गीको एसियाड तयारीमा कोरियामा हुने

एसीसी वुमन्स यू–१९ प्रिमियर कपमा नेपाल तेस्रो

एसीसी वुमन्स यू–१९ प्रिमियर कपमा नेपाल तेस्रो

एनभीएलका मार्की खेलाडी घोषणा

एनभीएलका मार्की खेलाडी घोषणा

सुपर ओभरमा नेपालको हार

सुपर ओभरमा नेपालको हार

उसुको एसियाड तयारी चीनमा हुने

उसुको एसियाड तयारी चीनमा हुने

विपक्षीलाई थप्पड हानेपछि विवादमा तानिए बेलिङ्घम

विपक्षीलाई थप्पड हानेपछि विवादमा तानिए बेलिङ्घम

इंग्ल्यान्डविरुद्धको जित म्याराडोनाप्रति समर्पित

इंग्ल्यान्डविरुद्धको जित म्याराडोनाप्रति समर्पित