शुक्रबार, १५ फाल्गुण २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. ब्याडमिन्टन
Loading ad...
Bhat Bhateni Supermarket Ad

प्रिन्स र प्रफुल उपाधिका लागि भिड्ने 

शुक्रबार, १८ फाल्गुण २०८०खेलपाटी संवाददाता
प्रिन्स र प्रफुल उपाधिका लागि भिड्ने 
Loading ad...
mustang rice ad

काठमाडौं । एपीएफका प्रिन्स दाहाल र ललितपुरका प्रफुल महर्जन पुन : एक पटक लि–निङ्ग १३ औं पुष्पलाल स्मृती राष्ट्रिय र्याङ्किङ्ग ब्याडमिन्टन प्रतियोगिताको उपाधिका लागि भिड्ने भएका छन् ।

पुष्पलाल स्मृतीको अघिल्लो संस्करणमा प्रफुललाई पछि पारेका प्रिन्स तेश्रो प्रधानमन्त्री कपमा प्रफुलसंग पराजित भएका थिए । त्यस यता ललितपुर जिल्ला ब्याडमिन्टन संघले आयोजना गरेको दोश्रो मेयर कप र स्पोर्टस् हवद्वारा आयोजना गरिएको प्रथम प्रकाश दाहाल स्मृती राष्ट्रिय ब्याडमिन्टन प्रतियोगितामा प्रफुललाई पराजित गर्दै प्रिन्सले उपाधि जितेका थिए ।

शुक्रबार भएको शीर्ष ८ पुरुष एकल क्वाटरफाईनल खेलमा प्रिन्सले एपीएफकै देवराज रानालाई २१–७, २–१२ ले पराजित गर्दै फाईनलमा प्रफुलसंगको भेट पक्का गरेका हुन् । प्रफुलले नेपाल पुलिस क्लबका सुनिल जोशीलाई २१–१४, २१–१३ ले पराजित गर्दै फाईनल यात्रा तय गरेका हुन् ।

नेकपा एमालेको भातृसंस्था नेपाल खेलकुद महासंघ अन्तरगतको राष्ट्रिय ब्याडमिन्टन संघ, नेपालको आयोजनामा भएको प्रतियोगिताको महिला एकलको प्रतिस्पर्धामा ललितपुरकी रसिला महर्जनले नेपाल पुलिस क्लबकी निता लम्साललाई पराजित गर्दै फाईनल प्रवेश गरिन् ।

फाईनल प्रवेश गर्ने क्रममा रसिलाले निला माथि २१–१६, २१–१६ को समान अन्तरको जित निकालेकी हुन् । अब रसिलाले उपाधिका लागि भोजपुरकी नङ्गशल तामाङ्गसंग प्रतिस्पर्धा गर्नेछिन् । नङ्गशलले ११ औं र १२ औं संस्करणकी बिजेता आर्मीकी अनुमाया राईलाई २१–१४, २४–२२ को जित निकाल्दै फाईनलमा रसिलासंगको भेट पक्का गरेकी हुन् ।

यसैगरि मास्टर्स ४५ बर्ष माथिको युगल प्रतिस्पर्धामा रिभाईभका सुक्र पाख्रिन र भिम बहादुर थापाको जोडी तथा पिस फिटनेश सेन्टरका संजय कपाली र अनिल थामसुहाङ्गको जोडी उपाधिका लागि भिड्ने भएका छन् । सुक्र र भिमको जोडीले ललितपुरका मधु गुरुङ्ग र प्रकास राईको जोडीलाई १०–२१, २१–१६, २१–१८ ले तथा संजय र अनिलको जोडीले पाँचथरका दीपक आङ्गदम्बे र कुश्माका प्रेम गुरुङ्गको जोडीलाई २२–२०, २१–८ ले पराजित गर्दै फाईनल प्रवेश गरेका हुन् ।

मास्टर्स ५५ बर्ष माथिको प्रतिस्पर्धामा पिस फिटनेश सेन्टरका गणेश राई र कर्ण बहादुर शाहीको जोडीले फिटनेश पार्कका पुर्ण जोशी र उमेश केसीको जोडीलाई २१–१९, २६–२४ ले पराजित गर्दै उपाधिका लागि गुल्मीका राम गुरुङ्ग र खगेन्द्र रेग्मीको जोडीसंगको भेट पक्का गरेका छन् ।

गुरुङ्ग र राईको जोडीले ललितपुरका दिल कन्दङ्गवा र एपीएफका प्रेम श्रेष्ठको जोडीलाई २०–२२, २१–१८, २१–७ ले पराजित गर्दै उपाधि नजिक पुगेका हुन् । 

Loading ad...
LiNing Ad
#प्रिन्स र प्रफुल

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

बिष्णु र भोज अन्तिम आठमा

बिष्णु र भोज अन्तिम आठमा

गोल्डेनगेटलाई अन्तर कलेज बास्केटबलको उपाधि

गोल्डेनगेटलाई अन्तर कलेज बास्केटबलको उपाधि

ब्याडमिन्टनको 'ट्यालेन्ट हन्ट' प्रतियोगिता हुने

ब्याडमिन्टनको 'ट्यालेन्ट हन्ट' प्रतियोगिता हुने

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
दक्षिण अफ्रिकाको सेमिफाइनलको सम्भावना लगभग सुरक्षित

दक्षिण अफ्रिकाको सेमिफाइनलको सम्भावना लगभग सुरक्षित

बागमतीमाथि पुलिसको अग्रता

बागमतीमाथि पुलिसको अग्रता

प्लानिङलाई एनआरटीले रोक्यो

प्लानिङलाई एनआरटीले रोक्यो

कमजोर टोलीमाथि पुलिसको गोल वर्षा

कमजोर टोलीमाथि पुलिसको गोल वर्षा

इटालीको ओज धानेको एटलान्टा

इटालीको ओज धानेको एटलान्टा

असफल युभेन्ट्स

असफल युभेन्ट्स

उपाधि रक्षामा फर्कियो पीएसजी

उपाधि रक्षामा फर्कियो पीएसजी

फेरि एकपटक नाचे भिनि !

फेरि एकपटक नाचे भिनि !