शुक्रबार, १५ फाल्गुण २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. ब्याडमिन्टन
Loading ad...
Bhat Bhateni Supermarket Ad

पुष्पलाल ब्याडमिन्टन : प्रिन्स र प्रफुल सेमिफाइनलमा

बुधबार, १६ फाल्गुण २०८०खेलपाटी संवाददाता
पुष्पलाल ब्याडमिन्टन : प्रिन्स र प्रफुल सेमिफाइनलमा
Loading ad...
mustang rice ad

काठमाडौं । राजधानीमा जारी लि-निङ्ग १३ औं पुष्पलाल स्मृती राष्ट्रिय र्याङ्किङ्ग ब्याडमिन्टन प्रतियोगिताको शीर्ष ८ बरियताबीचको सेमिफाईनल समिकरण पुरा भएको छ ।

पुरुष एकलतर्फ समूह ए बाट बिजेताको रुपमा एपीएफका प्रिन्स दाहाल र उपबिजेताको रुपमा नेपाल पुलिसका सुनिल जोशी तथा समूह बीबाट बिजेताको रुपमा ललितपुरका प्रफुल महर्जन र उपबिजेताको रुपमा एपीएफका देवराज रानाले सेमिफाईलनमा स्थान बनाए ।

महिलातर्फ समूह एबाट ललितपुरकी रशिला महर्जन समूह बिजेता र आर्मीकी अनुमाया राई उपबिजेता तथा समूह बीबाट भोजपुरकी नङ्गशल तामाङ्ग समूह बिजेता र नेपाल पुलिसकी निता लम्साल समूह उपबिजेताको रुपमा सेमिफाईनल प्रवेश गरेका छन् ।

नेकपा एमालेको भातृ संस्था नेपाल खेलकुद महासंघ अन्तरगतको राष्ट्रिय ब्याडमिन्टन संघ, नेपालको आयोजनामा भएको प्रतियोगिताको शीर्ष ८ को पुरुष एकल तर्फको बुधबार अन्तिम खेलमा प्रिन्सले पुलिसका जीवन आचार्यलाई २१–१८, २१–१३ ले पराजित गर्दै सेमिफाइनलमा समूह बिजेता बनेका हुन् ।

प्रिन्सले लिगका तीनै खेलमा जित हात पारे । यस्तै अर्को खेलमा नेपाल पुलिसका सुनिल जोशीले एपीएफका बिजित थापा मगरलाई २१–१०, १७–२१, २१–१८ ले पराजित गर्दै लिगमा दुई जितका साथ समूह उपबिजेता बने ।

यस्तै पुरुषतर्फको समूह बीबाट ललितपुरका प्रफुल महर्जनले नेपाल पुलिसका बिष्णु कटुवाललाई २१–१५, २१–१७ ले पराजित गरे । उनले लिगमा आफ्ना तीनै खेलमा बिजय हात पार्दै समूह बिजेता बनेका हुन् । समूह उपबिजेता देवराज रानाले नेपाल पुलिसका दीपक बोहरालाई २१–१२, २१–१५ ले पराजित गरे । रानाले लिगका दुई खेलमा जित हात पारे ।

चन्द्रागिरीस्थित महांकाल ब्याडमिन्टन क्लबको कभर्डहलमा भएको प्रतियोगिताको महिला एकलतर्फ समूह एको अन्तिम लिग खेलमा ललितपुरकी रसिलाले आर्मीकी अनुमाया राईलाई १७–२१, २१–१६, २१–१२ ले पराजित गर्दै समूह बिजेताको रुपमा सेमिफाईनमा स्थान बनाएकी हुन् । प्रतियोगितामा पराजित भएता पनि समूह उपबिजेताको रुपमा अनुले पनि सेमिफाईनलमा स्थान पक्का गरिन् । यसै समूहको अर्को खेलमा मोरङ्गकी सिमा राजबंशीले सर्लाहीकी निकिता लामालाई २१–८, २१–९ ले पराजित गरिन् ।

यसैगरि समूह बीको खेलमा भोजपुरकी नङ्गशल तामाङ्गले लिगको अन्तिम खेलमा आर्मीकी अमिता गिरीलाई २१–१०, २१–१३ ले पराजित गर्दै समूह बिजेताको रुपमा सेमिफाईनलमा स्थान बनाईन् । तामाङ्गले आफ्नो समूहको तीनै खेलमा जित हात पारेकी थिईन् । 

यसै समूहको अर्को खेलमा पुलिसकी निता लम्सालले एपीएफकी शोभा गौचनमाथि २१–११, २१–११ को समान अन्तरले जीत हात पारिन् । लम्सालले लिगमा दुई जितका साथ उपबिजेताको रुपमा सेमिफाईनलमा स्थान बनाएकी छिन् । 
 

Loading ad...
LiNing Ad
#पुष्पलाल ब्याडमिन्टन

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

बिष्णु र भोज अन्तिम आठमा

बिष्णु र भोज अन्तिम आठमा

गोल्डेनगेटलाई अन्तर कलेज बास्केटबलको उपाधि

गोल्डेनगेटलाई अन्तर कलेज बास्केटबलको उपाधि

ब्याडमिन्टनको 'ट्यालेन्ट हन्ट' प्रतियोगिता हुने

ब्याडमिन्टनको 'ट्यालेन्ट हन्ट' प्रतियोगिता हुने

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
दक्षिण अफ्रिकाको सेमिफाइनलको सम्भावना लगभग सुरक्षित

दक्षिण अफ्रिकाको सेमिफाइनलको सम्भावना लगभग सुरक्षित

बागमतीमाथि पुलिसको अग्रता

बागमतीमाथि पुलिसको अग्रता

प्लानिङलाई एनआरटीले रोक्यो

प्लानिङलाई एनआरटीले रोक्यो

कमजोर टोलीमाथि पुलिसको गोल वर्षा

कमजोर टोलीमाथि पुलिसको गोल वर्षा

इटालीको ओज धानेको एटलान्टा

इटालीको ओज धानेको एटलान्टा

असफल युभेन्ट्स

असफल युभेन्ट्स

उपाधि रक्षामा फर्कियो पीएसजी

उपाधि रक्षामा फर्कियो पीएसजी

फेरि एकपटक नाचे भिनि !

फेरि एकपटक नाचे भिनि !