काठमाडौं । आरबीबी एनभीए महिला तथा पुरुष भलिबल प्रतियोगिता चैत ३ गतेदेखि आयोजना हुने भएको छ ।
नेपाल भलिबल संघले सोमबार पत्रकार सम्मेलनको आयोजना गरेर प्रतियोगिताबारे जानकारी दिएको हो । प्रतियोगिता चैत ३ देखि सुरु भएर १० गतेसम्म सञ्चालन हुनेछ ।
प्रतियोगितामा पुरुषतर्फ १२ र महिलातर्फ ९ गरी २१ टिमको सहभागीता रहने जानकारी दिईएको छ ।
प्रतियोगिताको विजेता टिमलाई ५ लाख, उपविजेतालाई २ लाख ५० हजार र तेस्रो हुने टिमलाई १ लाख २५ हजार रुपैयाँ प्रदान गरिने नेपाल भलिबल संघले जनाएको छ ।
प्रतियोगितामा सर्वोत्कृष्ट महिला तथा पुरुष खेलाडीलाई जनही ४० हजार र विधागततर्फका उत्कृष्टलाई जनही १५ हजार रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ ।
प्रतियोगितालाई यस वर्ष समेत मुख्य प्रायोजकको रुपमा राष्ट्रिय वाणिज्य बैंकले १८ लाख रुपैयाँ प्रदान गर्नेछ ।
बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र संघका अध्यक्ष जितेन्द्रबहादुर चन्दले प्रायोजन सम्बन्धि सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।