मंगलबार, भदौ ३१, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. ब्याडमिन्टन
  4. /
  5. पाँचथरमा कोशी प्रदेश स्तरीय ब्याडमिन्टन हुने

पाँचथरमा कोशी प्रदेश स्तरीय ब्याडमिन्टन हुने

२०२४ फेब्रुअरी २०, मङ्गलबारखेलपाटी संवाददाता

पाँचथरमा कोशी प्रदेश स्तरीय ब्याडमिन्टन हुने

पाँचथर । पाँचथरमा कोशी प्रदेश स्तरीय ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ । 

जिल्ला खेलकुद विकास समिति पाँचथरको समन्वय र कोशी प्रदेश खेलकुद  विकास बोर्डको आयोजनामा फागुन ९ देखि ११ गतेसम्म प्रतियोगिता हुने पक्का भएको हो । 

प्रदेश स्तरीय ब्याडमिन्टन प्रतियोगिता सहित खुल्ला भेट्रान्स प्रतियोगिता पनि हुने छ । 

मंगलबार खेलकुद विकास समिति पाँचथरले पत्रकार सम्मेलनको आयोजना गरेर प्रतियोगिताको मिति सार्वजनीक गरेको हो । 

प्रतियोगिताका खेलहरु जिल्ला समन्वय समिती पाँचथरको कवर्डहलमा संचालन हुनेछ । प्रतियोगितामा मेन्स डबल, मेन्स सिंगल, विमेन डबल, विमेन सिंगल र मिक्स डबलका खेलहरु हुने जिल्ला खेलकुद विकास समिति पाँचथरका अध्यक्ष सन्तोष मोक्तानले जानकारी दिए ।

प्रतियोगितामा कोशी प्रदेशका १४ वटा जिल्लाको  ६८ जना खेलाडीहरुको सहभागिता रहने छ ।

प्रदेश स्तरीय ब्याडमिन्टन प्रतियोगिताको हरेक विधाका बिजेताले ट्रफी, मेडल सहित नगद २० हजार, १० हजार र ५ हजार  प्राप्त गर्नेछन् ।  खुल्ला भेट्रान्स प्रतियोगिता तर्फ ४५ वर्ष माथि र दुई जना खेलाडीको उमेर जोड्दा १०० वर्ष माथि गरि दुई विधाको खेल हुने आयोजकले जनाएका छन् । खुल्ला भेट्रान्स प्रतियोगिता तर्फका बिजेताले ३० हजार र उपबिजेताले १५ हजार प्राप्त गर्ने छन् । 

आगामी फाल्गुन २४ गते देखि हेटौडामा हुने अन्तर प्रदेश स्तरीय प्रतियोगिताको खेलाडी छनोट समेत यसै प्रतियोगिताबाट गरिने मोक्तानले जानकारी दिए । प्रतियोगितालाई फिदिम नगरपालिकाले समेत आर्थिक सहयोग गरेको छ ।

प्रतियोगितामा प्राबिधिक सहयोग जिल्ला ब्याटमिन्टन संघले गर्नेछ । प्रतियोगिता सम्पन्न गर्न १८ लाख खर्च हुने आयोजकले जनाएको छ । 

#कोशी प्रदेश स्तरीय ब्याडमिन्टन हुने
Bhat Bhateni

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

ब्याडमिन्टनको 'ट्यालेन्ट हन्ट' प्रतियोगिता हुने

ब्याडमिन्टनको 'ट्यालेन्ट हन्ट' प्रतियोगिता हुने

सुविन र रिहान्ना च्याम्पियन

सुविन र रिहान्ना च्याम्पियन

स्वर्णमा विद्युत प्राधिकरणको क्लिन स्वीप

स्वर्णमा विद्युत प्राधिकरणको क्लिन स्वीप

Bhat Bhateni
फुटबलबाट उम्टिटीले लिए बिदा

फुटबलबाट उम्टिटीले लिए बिदा

सुपर फोमा पुग्यो भारत

सुपर फोमा पुग्यो भारत

नेपालको जितमा समीरको २ गोल

नेपालको जितमा समीरको २ गोल

एन्फा यु–१६ र ‘ए’ डिभिजन लिगका बैठक स्थगित

एन्फा यु–१६ र ‘ए’ डिभिजन लिगका बैठक स्थगित

घरेलु फुटबलका सबैखाले गतिविधि स्थगित

घरेलु फुटबलका सबैखाले गतिविधि स्थगित

नेपाली टोलीमा आदिलको पुनरागमन

नेपाली टोलीमा आदिलको पुनरागमन

वेस्ट इन्डिजसँग सिरिज खेल्ने टोलीको घोषणा

वेस्ट इन्डिजसँग सिरिज खेल्ने टोलीको घोषणा

नाटकीय लिभरपुल

नाटकीय लिभरपुल