काठमाण्डौ । रेड टाइल्सको आयोजनमा आठौ कृष्णध्वज स्मृती टेबलटेनिस प्रतियोगिता ८ बर्ष पछि फेरी संचालन हुने भएको छ ।
सोमबार आयोजित पत्रकार सम्मेलनमा रेड टाइल्सका अध्क्षय सुरज केसीका अनुसार प्रतियोगिता यही फाल्गुन १३ गते देखि १५ गते सम्म चल्नेछ ।
प्रतियोगिता आखिल नेपाल टेबलटेनिस संघको तत्वावोधानमा वार्षिक कार्यक्रम अन्तर्गत लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा संचालन हुनेछ ।
प्रतियोगितामा देशभरका बिधालय तथा कलेजबाट २५० बढी खेलाडी सहभागी हुने अपेक्षा गरिएको छ ।
बिधालय तर्फ यु-१० ब्वाईज सिंगल, यु-१० गर्ल्स सिंगल, यु-१२ ब्वाईज सिंगल , यू-१२ गर्ल्स सिंगल, यू-१४ ब्वाईज सिंगल, यू-१४ गर्ल्स सिंगल, यू-१६ ब्याईज सिंगल, यू-१६ गर्ल्स सिंगल गरेर ८ स्पर्धामा बिभाजन गरिने छ भने कलेजतर्फ पुरुष सिंगल र महिला सिंगल गरेर जम्मा १० स्पर्धामा समावेश गरिएको छ।
बिजेता प्रथम, दृतीय र तृतीय हुने खेलाडीलाई ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ।
प्रतियोगिता उपत्यकाका तीन र मोफसलका अरु तीन जिल्ला कास्की, सुनसरी र मोरङ्गका खेलाडी सहभागी हुने र यही शुक्रबारसम्म दर्ता खुल्ला रहेको जानकारी आयोजकले दिएको छ ।
कुल ६ लाख बजेट रहेको प्रतियोगिता २४/७ फार्मेसीले प्रायोजन गरेको र हिमालयन चेस एकेडमीले सहयोग प्रदान गर्ने भएको छ ।
टेबलटेनिस खेलका लागी सधै तत्पर रहने र आगामी दिनमा उक्त प्रतियोगिताको नवौं संस्करण छिट्टै आयोजन गर्ने आयोजक सुरज केसीले जनाए।