काठमाडौं । विभागीय टिम एपीएफ क्लबले तेस्रो संस्करणको मुख्यमन्त्री राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको उपाधि जितेको छ ।
शनिबार गण्डकी प्रदेशलाई ३–१ को सेटमा हराउँदै एपीएफले प्रतियोगिताको उपाधि उचालेको हो ।
पहिलो सेट २५–२१ ले हात पार्दै गण्डकीले खेलमा उत्कृष्ट सुरुवात गरेको थियो । तर पहिलो सेटको लयलाई गण्डकीले कायम राख्न सकेन ।
एपीएफले लगातार तीन सेटमा जित निकाल्दै फाइनलको उपाधि जित्न सफल भयो । दोस्रो सेट २५–१६ ले जितेको एपीएफले तेस्रो सेट २६–२४ र चौथों सेटमा २५–२१ ले जित निकाल्न सफल भएको थियो ।
उपाधि सहित एपीएफले चार लाख रुपैयाँ सहित ट्रफी प्राप्त गर्योे । उप विजेता बनेको गण्डकीले दुई लाख रुपैयाँमा चित्त बुझायो ।
तेस्रो स्थानका लागि भएको खेलमा आर्मीलाई हराउँदै पुलिस तेस्रो बन्यो । पुलिसले समेत आर्मीलाई ३–१ कै सेटमा हराएको हो । तेस्रो बनेको पुलिसले १ लाख रुपैयाँ प्राप्त गर्यो ।
प्रदेश खेलकुद परिषद् सुदूरपश्चिमले आयोजना गरेको प्रतियोगिताको व्यवस्थापन कन्चनपुर जिल्ला भलिबल संघले गरेको थियो ।
प्रतियोगिताको आयोजनाबाट सुदूरपश्चिम प्रदेश सहित राष्ट्रिय स्तरका खेलाडीले एक्सपोजर प्राप्त गर्ने सदस्य सचिव दिपक सिंहले बताए ।
प्रतियोगितामा तीन विभागीय सहित ७ प्रदेश गरि १० टिमको सहभागीता रहेको थियो ।