शनिबार, भदौ २८, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. टेबल टेनिस
  4. /
  5. सम्झना टेबलटेनिसमा वंश च्याम्पियन

सम्झना टेबलटेनिसमा वंश च्याम्पियन

२०२४ फेब्रुअरी ३, शनिबारखेलपाटी संवाददाता

सम्झना टेबलटेनिसमा वंश च्याम्पियन

काठमाडौं । होप्स टेबलटेनिस एकेडेमीका वंश सिंघालले छैटौं सम्झना कप अन्तर्राष्ट्रिय टेबलटेनिस प्रतियोगिताको पुरुष सिंगल्समा स्वर्ण जितेकी छन् ।

शनिबार लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको पुरुष फाइनलमा वंशले आफ्नै क्लबका कृष्ण थापा मगरलाई ११–७, ११–४ र ११–८ को सोझो सेटमा पराजित गरे । महिला सिंगल्सको उपाधि पनि होप्सकै मुनमुन कुन्डुले शुक्रबार जितेकी थिइन् ।

सम्झना ल्याबोरेटरी क्लिनिकको मुख्य प्रायोजन तथा कन्सेप्ट मेकर्जको व्यवस्थापनमा ललितपुर टेबलटेनिस क्लबद्वारा आयोजित प्रतियोगितामा जम्मा ९ स्पर्धामा प्रतिस्पर्धा भएको थियो ।

भेट्रान ४० वर्षमाथि महिला सिंगल्समा धरान एन्ड टिस्टा टोर्सा टेबलटेनिस एकेडेमीकी पूर्व राष्ट्रिय च्याम्पियन गीता थापा मगर, पुरुष ४० वर्षमाथि काष्ठमण्डप टेबलटेनिस एकेडेमीका चन्दन शाही र पुरुष ५५ वर्षमाथि भेडासिंह टेबलटेनिस क्लबका राजन सुब्बाले स्वर्ण जितेका थिए ।

यु–१६ सिंगल्सको ब्वाइजमा धरानका श्रीराज वर्दान सिंह तथा गल्र्समा धरानकै श्रेया धर च्याम्पियन बनेका थिए । श्रीराज र श्रेया प्रतियोगिताकै उत्कृष्ट खेलाडी पनि घोषित भए । टिम इभेन्टको पुरुषमा होप्स तथा महिलामा चीनको लान्फाङ टेबलटेनिस क्लबले स्वर्ण हात पारेका थियो ।

पुरुष-महिला सिंगल्स र टिममा शीर्ष तीन स्थान हात पार्नेले क्रमश ५० हजार, २५ हजार र १०-१० हजार नगद पुरस्कार प्राप्त गरे । बाँकी स्पर्धामा पहिलो हुनेले २० हजार, दोश्रोले १० हजार र तेश्रोले ५-५ हजार नगद पुरस्कार जिते ।

कुल नगद पुरस्कार राशी ५ लाख ८० हजार रुपैयाँ रहेको थियो ।

कान्तिपुर पिङ पोङ क्लबका रिजन शाक्य र पमिला जोशी, काष्ठमण्डपका सम्भवराज वन्त, नवविहानी टेबलटेनिस क्लबका रिभानमुणि वज्राचार्य, आर्या समितिकी मनाली चन्दा, ज्ञानभैरव डिल्लीबजार टेबलटेनिस क्लबकी शुभश्री घिमिरे तथा भिन्तुना बचत तथा ऋण सहकारी लिमिटेडकी उरवी सुवाल उदीयमान खेलाडी चुनिए ।

विजेतालाई ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जन, नेपाल ओलम्पिक कमिटीका उपाध्यक्ष एवं कार्यकारी निर्देशक चतुरानन्दराज वैद्य, आयोजक ललितपुर टेबलटेनिस क्लबका अध्यक्ष उर्दीप जोशी, मुख्य प्रायोजक सम्झनाकी निर्देशक रजना जोशीलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरेका थिए ।

पाँचदिने प्रतियोगितामा ३ सय ९० खेलाडीले प्रतिस्पर्धा गरेका थिए । नेपालबाट ३ सय ६४, भारतबाट २४ र चीनबाट २ (महिला मात्र) खेलाडी सहभागी थिए ।

#सम्झना टेबलटेनिस
Bhat Bhateni

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

स्ट्याग ग्लोबल च्याम्पियन्स लिग भदौमा

स्ट्याग ग्लोबल च्याम्पियन्स लिग भदौमा

विश्वकप छनोट टेबलटेनिस च्याम्पियनसिप नेपालमा

विश्वकप छनोट टेबलटेनिस च्याम्पियनसिप नेपालमा

टेनिस नेतृत्वमा मुल निर्विरोध

टेनिस नेतृत्वमा मुल निर्विरोध

Bhat Bhateni
एमबाप्पे चम्किँदा रियलको जित

एमबाप्पे चम्किँदा रियलको जित

भविष्य खोज्दै बंगलादेश लागे नेपाली खेलाडी

भविष्य खोज्दै बंगलादेश लागे नेपाली खेलाडी

शीर्ष स्थानमा उक्लियो आर्सनल

शीर्ष स्थानमा उक्लियो आर्सनल

अझै भेटिदैनन् एन्फा अध्यक्ष र महासचिव !

अझै भेटिदैनन् एन्फा अध्यक्ष र महासचिव !

एक साताको विश्रामपछि पुनः प्रशिक्षणमा फर्किए मेसी

एक साताको विश्रामपछि पुनः प्रशिक्षणमा फर्किए मेसी

दुई छाक टार्न आइपुगेको छु

दुई छाक टार्न आइपुगेको छु

‘नेयमार फिट भए समस्या छैन’

‘नेयमार फिट भए समस्या छैन’

अनन्त पनि बंगलादेश पुगे

अनन्त पनि बंगलादेश पुगे