सोमबार, कार्तिक २५, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. भलिबल
Bhat Bhateni Supermarket Ad

पुन हिल कप भलिबलः प्रौढतर्फ सेमिफाइनल समिकरण पूरा

मंगलबार, माघ १६, २०८०सबिन रेग्मी
पुन हिल कप भलिबलः प्रौढतर्फ सेमिफाइनल समिकरण पूरा
Classic Tech Internet Ad

पोखरा । प्रथम पुन हिल कप भलिबल प्रतियोगितामा प्रौढतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ । मंगलबार ४० वर्षमाथिको प्रौढ भलिबलमा आयोजक पुन समाज नेपाल, पोखरा भेट्रान्स, रामबजार भेट्रान्स र सिद्धिकाली गाछेपानी भेट्रान्स सेमिफाइनल प्रवेश गरेका हुन् । 

बाइ पाएर सिधैं क्वार्टरफाइनल खेलेको पुन समाज नेपालले सोमबार नै ढुंगेपाटन पुन समाजलाई २–१ को सेटमा पराजित गर्दै सेमिफाइन स्थान सुरक्षित गरेको थियो । 

पोखरा भेट्रान्सले मंगलबार भएको खेलमा एक्स एबिसी भेट्रान्सलाई २–० को सोझो सेटमा पाखा लगाउँदै अन्तिम चारमा स्थाज सुरक्षित गरेको हो ।  प्रिक्वार्टरफाइनलमो अकलादेवी भेट्रान्सले वाकओभर दिएपछि क्वार्टरफाइनलमा पुगेको एक्स एबिसीसँग कुश्मा भेट्रान्सले वाकओभर दिएपछि पोखरा भेट्रान्सको भेट पक्का भएको हो । 

रामबजार भेट्रान्सले लामाचौर भेट्रान्सलाई २–० कै सोझो सेटमा हराउँदै सेमिफाइनल पुगेकोे छ ।  रामबजार भेट्रान्सले ढुंगेसाँघु पुन समाज लाई २–० को सेटमा पराजित गर्दै क्वार्टरफाइनल प्रवेश गरेको थियो । 

लामाचौर भेट्रान्सले सोमबार नै रामबजार पुन समाजलाई २–० कोे सेटमा हराएर आन्तिम ८ मा स्थान बनाएको थियो । सिधैं बाइ पाएर क्वार्टरफाइनल खेलको सिद्धिकाली गाछेपानीले आर्थर डाँडाखर्क भेट्रान्सलाई २–० को सोझो सेटमा पराजित गर्दै सेमिफाइनल यात्रा तय गर्यो  
अब सेमिफाइनलमा पुन समाज नेपाल र पोखरा भेट्रान्स आमनेसामने हुँदा सिद्धिकालिसँग रामबजारको प्रतिस्पर्धा हुनेछ । 
१२ समूह सहभागि भएको ४० वर्षमाथि उमेर समूहको प्रोढ भलिबलको विजेताले विजेताले ३३ हजार ३३३ रुपैयाँसँगै मेडल, ट्रफि र प्रमाणपत्र पाउनेछ । उपविजेताले २० हजार रुपैयाँसहित ट्रफि, मेडल र प्रमाणपत्रमा चित्त बुझाउनेछ । 

मंगलबार महिलातर्फ २ खेल भएको छ । पहिलो खेलमा ढुंगेपाटन पुन समाजले ढुंगेसाँघु पुन समाजलाई २–० को सोझो सेटमा पाखा लगायो । अर्को खेलमा आयोजक पुन समाज नेपालले कालिक पब्लिक क्याम्पसलाई २–० को सोझो सेटमा हराउदै अघिल्लो चरणकोे यात्रा तय गरेको छ । 

१५ समूह सहभागि रहेको महिलातर्फको विजतोलाई ६६ हजार ६६६ रुपैयाँ, मेडल, ट्रफि र प्रमाणपत्र तथा उपविजेतालाई ३३ हजार ३३३ रुपैयाँको साथमा मेडल, ट्रफि र प्रमाणपत्र प्रदान गरिनेछ ।

यस्तै, पुरषतर्फको पनि १ खेल मंगलबार भयो । पुरुषतर्फ क्लबस्तरीय भलिबलमा नेपाली सेनाको रणचन्डि दल विजयपुरलाई रामबजार पुन समाजले २–० को सोझो सेटमा पराजित गर्न सफल भएको छ । यो विधामा १८ समूह सहभागी छन् । 

माघ १९ गतेसम्म चल्ने प्रतियोगितामा पुरुषतर्फको विजेताले १ लाख ११ हजार १११ रुपैयाँको साथमा मेडल, ट्रफि र प्रमाणपत्र पाउने महासचिव खिमन शेरपुर्जा पुनले जानकारी दिए । उपविजेता टोलीले ५५ हजार ५५५ रुपैयाँसहित मेडल, ट्रफि र प्रमाणपत्रमा चित्त बुझाउनेछ ।

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

नेपाल काभा महिला भलिबलको फाइनलमा पराजित

नेपाल काभा महिला भलिबलको फाइनलमा पराजित

नेपाल फाइनलमा

नेपाल फाइनलमा

नेपालको पहिलो जित

नेपालको पहिलो जित

Bajaj Pulsar Motorcycle Ad
रियलको चलेन हतियार

रियलको चलेन हतियार

रियलसँग अंक घटाउँदै बार्सिलोना

रियलसँग अंक घटाउँदै बार्सिलोना

नेपाल काभा महिला भलिबलको फाइनलमा पराजित

नेपाल काभा महिला भलिबलको फाइनलमा पराजित

एन्फाले सडकमा उत्रिएका खेलाडीलाई वार्तामा बोलायो

एन्फाले सडकमा उत्रिएका खेलाडीलाई वार्तामा बोलायो

राखेप उपाध्यक्षको नियुक्ति विवादमा, छानबिनको माग

राखेप उपाध्यक्षको नियुक्ति विवादमा, छानबिनको माग

लालिगुँरासको जितमा आशिषको ह्याट्रिक

लालिगुँरासको जितमा आशिषको ह्याट्रिक

गुप्ताले दृष्टिविहिन महिला विश्वकप खेलाउने

गुप्ताले दृष्टिविहिन महिला विश्वकप खेलाउने

मेसीले गरे करिअरको ४००औं असिस्ट, ८९४औं गोल !

मेसीले गरे करिअरको ४००औं असिस्ट, ८९४औं गोल !