धनगढी । मुख्यमन्त्री कप राष्ट्रिय भलिबल प्रतियोगिता दोस्रो दिनको खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लब र एपीएफले सहज जित निकालेका छन् ।
सोमबार भएको पहिलो खेलमा आर्मीले कोशी प्रदेशमाथि सोझो सेटको जित निकालेको हो ।
खुलामञ्च, महेन्द्रनगर, कञ्चनपुरमा पहिलो सेट २५–१२ ले जितेको आर्मीले दोस्रो सेटमा २५–१९ र तेस्रो सेटमा २५–१८ को जित निकाल्यो ।
सोमबार नै भएको दोस्रो खेलमा अर्काे विभागीय टोली एपीएफले कर्णाली प्रदेशमाथि सोझो सेटको जित निकालेको छ ।
पहिलो सेटमा २५–१७ को जित निकालेको एपीएफले दोस्रो सेटमा २५–१३ र अन्तिम सेटमा २५–१९ को जित निकालेको हो ।
आज नै भएको तेस्रो खेलमा लुम्बिनी प्रदेशले बागमती प्रदेशमाथि ३–१ सेटको जित निकालेको छ । लुम्बिनीले २५–१६, १८–२५, २५–१६ र २५–११ मा जित निकालेको हो ।