काठमाडौं । नेपाल अटोमोवाइल्स एसोसिएसन (नासा नेपाल) गण्डकी प्रदेशको तदर्थ समिति गठन भएको छ । सोमबार शिव श्रेष्ठको अध्यक्षतामा ११ सदस्यी तदर्थ समिति गठन भएको हो ।
संघको उपाध्यक्षमा डिल्लीराज सुवेदी, खिम बहादुर ढकाल र दिपेन्द कोईराला, सचिवमा कपिल किरण श्रेष्ठ, कोषाध्यक्षमा सुरज श्रेष्ठ र सदस्यमा क्रमशः ओस्कार श्रेष्ठ, आशिक लालचन, रविना श्रेष्ठ, दुर्गा गुरुङ र प्रिन्स श्रेष्ठ रहेका छन् ।
एसोसियसनले चार सल्लाहकार समेत चयन गरिएको छ । संघले डाक्टर ध्रुव थापा प्रमुख सल्लाहकार तथा
सल्लाहकारहरुमा भरतराज पराजुलि र नारायण प्रसाद शर्मालाई राखेको छ । त्यस्तै मिडिया सल्लाहकारमा रामकृष्ण ज्ञवालीलाई चयन गरेको छ ।
नव गठित संघले यो वर्ष तीनवटा कार्यक्रम समेत घोषणा गरेको छ । अटो मोबाइल एसोसियसन मोटर, मोटरसाइकल, काटर्स तथा पावरबोटिङ्ग सम्बन्धि स्पोर्ट, अटोमोवाइल मोबिलिटी, ड्राइभ टुरिजम र सेफर मोबिलिटीसंग सम्बन्धित खेलाडी, प्राविधिक, अफिसियल, प्रमोटरहरुको एसोसियसन हो ।