पोखरा । टिपटप हेल्प नेपाल स्पोर्ट्स क्लबले चौथो टाइगर कप भलिबलको उपाधि जितेको छ ।
शनिबार भएको फाइनल खेलमा हेल्प नेपालले आयोजक गण्डकी प्रदेशलाई ३–१ सेटमा हराउँदै उपाधि जितेको हो ।
पोखरा रंगशाला भलिबल कोर्टमा पहिलो सेट २५–१३ मा जितेको हेल्प नेपालले दोस्रो सेटमा २५–१८ मा जित निकाल्न सफल भयो ।
हेल्प नेपालले तेस्रो सेटमा भने जित निकाल्न सकेन । तेस्रो सेट गण्डकीले २६–२४ को जित निकाले पनि चौथो सेटमा हेल्प नेपालले जित निकाल्यो ।
हेल्प नेपालले चौथो सेटमा २५-१७ मा जित निकाल्दै उपाधि जित्न सफल भयो ।
उपाधिसँगै हेल्प नेपालले ५ लाख ५५ हजार ५ सय ५५ रुपैया प्राप्त गरेको छ। दोस्रो भएको गण्डकी प्रदेशले २ लाख ५५ हजार ५ सय ५५ रुपैया पाप्त गरेको छ ।