पोखरा । विभागीय टोली एपीएफ क्लबले टाइगर कप अन्तर्गत महिला भलिबलको उपाधि जितेको छ ।
शनिबार भएको फाइनल खेलमा चन्द्रागिरी न्यु डायमण्डलाई सोझो सेटमा हराउँदै एपीएफले लगातार उपाधि आफ्नो पक्षमा पारेको हो । एपीएफले लगातार तेस्रो पटक उपाधि जितेको हो ।
एपीएफले महिलातर्फ दोस्रो र तेस्रो संस्करणको उपाधि पनि जितेको थियो ।
पोखरा रंगशालाको भलिबल कोर्टमा पहिलो सेटमा २५–२० मा जितेको एपीएफले दोस्रो सेट २५–१८ मा जित्दा अन्तिम सेटमा २५–२१ को जित निकाल्यो ।
उपाधिसँगै एपीएफले ५ लाख ५५ हजार ५ सय ५५ रुपैया प्राप्त गरेको छ। दोस्रो भएको न्यु डायमण्डले २ लाख ५५ हजार ५ सय ५५ रुपैया पाप्त गरेको छ ।