काठमाडौं । गण्डकी प्रदेश चौथो टाइगर कप भलिबलको पुरुषतर्फ फाइनल प्रवेश गरेको छ । शुक्रबार भएको खेलमा गण्डकीले एपीएफलाई सोझो सेटमा हराएको हो ।
पोखरा रंगशाला भलिबल कोर्टमा गण्डकीले एपिएफलाई पहिलो सेटमा २५–१७ हराएको हो । त्यस्तै दोस्रो सेटमा २५–२० को जित निकालेको गण्डकीले अन्तिम सेटमा २५–२२ को जित निकालेको हो ।
अब गण्डकीले फाइनलमा हेल्प नेपाल स्पोट्स क्लबको सामना गर्नेछ । शुक्रबार भएको पहिलो सेमिफाइनल खेलमा हेल्प नेपाल स्पोटर््स क्लबले श्रीलंका आर्मी टिमलाई ३–१ ले हराएको थियो ।
प्रतियोगिताको महिला र पुरुष दुवै तर्फको विजेता टोलीले समान ५ लाख ५५ हजार ५ सय ५५ पाउने छ ।
त्यस्तै दोस्रो हुने टोलीले २ लाख ५५ हजार ५ सय ५५ पाउँदा तेस्रो हुनेले १ लाख २५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गर्नेछन् ।