पोखरा । डिफेन्डिङ च्याम्पियन सशस्त्र प्रहरी बलको एपीएफ क्लब चौथों संस्करणको टाइगर कप भलिबल प्रतियोगितामा महिलातर्फ उपाधि नजिक पुगेको छ ।
बिहीबार पहिलो सेमिफाइनलमा नेपाल आर्मीको त्रिभुबन क्लबलाई ३–२ को सेटमा पराजित गर्दै एपीएफ उपाधि नजिक पुगेको हो ।
एपीएफले पहिलो दुई सेट १९–२५ र २०–२५ ले नेपाल आर्मीलाई सुम्पिए पनि पछिल्ला तीन सेट २५–१३, २५–१६ र १५– १३ ले हात पार्दै उपाधि नजिक पुगेको हो ।
प्रतियोगिताको उपाधिका लागि एपीएफले न्यु डायमण्ड र नेपाल पुलिस क्लबबीचको विजेतासँग खेल्नेछ ।
प्रतियोगितामा महिला तथा पुरुषतर्फ उपाधि बिजेता टिमले ट्रफी, मेडल तथा प्रमाणपत्रसहित समान ५ लाख ५५ हजार ५ सय ५५ र उपविजेता टिमले समान नगद रु २ लाख ५५ हजार ५ सय ५५ तथा तेश्रो हुने टिमले १ लाख २५ हजार ५ सय ५५ प्राप्त गर्नेछन् ।
उत्कृष्ट महिला तथा पुरुष खेलाडीहरुले जनही नगद २५–२५ हजार र अन्य विद्यागत रुपमा उत्कृष्ट हुने खेलाडीले १५–१५ हजार बराबरको गिफ्ट ह्याम्पर प्राप्त गर्नेछन् ।