पोखरा । न्यु डायमण्डले समूह विजेता बन्दै चौथो टाइगर कप महिला भलिबलको सेमिफाइनलमा स्थान बनाएको छ ।
बुधबार भएको खेलमा न्यु डायमण्डले भारतको हरियाणा पुलिस क्लबलाई सोझो सेटमा हराएको हो ।
पोखरामा रंगशालामा न्यु डायमन्डले २५–१७,२५–१८ र २५–१६ ले जित हात पारेको हो ।
जितसँगै न्यु डायमण्ड समूह ‘बी’ को ६ अंकसहित समूह विजेता बन्यो । आर्मी २ अंकका साथ उपविजेताका रुपमा सेमिफाइनलमा पुगेको हो ।
न्यु डायमण्डले अब सेमिफाइनलमा एपीएफ र आर्मीले नेपाल पुलिस क्लबसँग खेल्नेछ ।