पोखरा । टाइगर कप भलिबल प्रतियोगितामा श्रीलंकन आर्मी र हेल्प नेपालले जित निकालको छ ।
मंगलबार भएको खेलमा श्रीलंकन टोलीले एपीएफ क्लबमाथि ३–१ सेटको जित निकाल्दै विजयी सुरुवात गरेको हो ।
पोखरा रंगशालमा पहिलो सेट २५–२३ ले जितेको एपीएफले लगातार तीन सेट गुमाउन पुग्यो ।
समूह ‘बी’ को श्रीलंका आर्मीले दोस्रो सेटबाट पुनरागमन गर्यो । दोस्रो सेटमा २५–१९ को जित निकालेको श्रीलंकन आर्मीले
तेस्रो सेटमा २५–२१ र अन्तिम सेटमा २५– १३ को जित निकाल्यो ।
मंगलबार नै भएकोसमूह ‘ए’ को खेलमा त्रिभुवन आर्मी क्लबलाई हेल्प नेपाल स्पोर्ट्स क्लबले हराएको छ ।
हेल्प नेपालले आर्मीलाई २५–१८, २५–२०, २३–२५, २५–२० मा जित निकालेको हो ।