पोखरा । नेपाल पुलिस क्लबले चौथो टाइगर कप अन्तर्गत सेमिफाइनलमा स्थान पक्का गरेको छ ।
मगलबार भएको महिला तर्फको समूह ए को दोस्रो खेलमा गण्डकी प्रदेशलाई पराजित गर्दै पुलिस सेमिफाइनलमा पुगेको हो ।
पहिलो सेटमा २५–१० को जित निकालेको पुलिसले दोस्रो सेट २५–९ ले जित्यो ।
गण्डकी प्रदेशलाई सोझो सेटमा हराउने क्रममा तेस्रो सेटमा पुलोसले २५–१६ ले जित हासिल गर्दै सेमिफाइनलमा स्थान बनायो ।
पुलिस पहिलो खेलमा विभागीय टोली एपीएफसँग ३–२ सेटमा पराजित भएको थियो ।
महिलातर्फ समूह ए मा पुलिसको २ खेलमा ४ अंक छ । एपिएफको १ खेलमा २ अंक रहँदा गण्डकी अंकविहिन छ । बुधबारको खेलमा एपिएफ र गण्डकी भिड्नेछन् ।
खेलको प्लेअर अफ दी म्याच पुलिसकी उषा भण्डारी चुनिन ।