पोखरा । न्यु डायमन्ड क्लबले त्रिभुवन आर्मी क्लबलाई हराउँदै टाइगर कप महिला भलिबलमा विजयी सुरुवात गरेको छ । सोमबार भएको खेलमा न्यु डायमन्डले आर्मी क्लबमाथि ३–१ सेटको जित हात पारेको हो ।
पोखरा रंगशालमा न्यु डायमन्डले पहिलो सेट २५–२० ले जितेको थियो । त्यस्तै दोस्रो सेटमा न्यु डायमन्डले २५–१७ जित निकाल्यो ।
तेस्रो सेटमा भने आर्मीले २५–२३ को जित निकाल्यो । त्यसपछि न्यु डायमन्डले चौथो सेटमा २५–१५ को जित निकाल्दै विजयी सुरुवात गर्यो ।
जितसँगै डायमन्डले ३ अंक जोडेको छ । आर्मीले भने हारबाट प्रतियोगिताको सुरुवात गरेको छ ।
खेलको ‘प्लेअर आफ दी म्याच’ भने न्यु डायमन्डकी रिना कुवरले जितेकी छन् ।